जग्गा प्रकरणमा गम्भीर छानबीन हुनुपर्छ : काङ्ग्रेस प्रवक्ता


प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा गम्भीर छानबीनका साथ मोलाहिजाबेगर दोषीमाथि कारवाहीको माग दोहो¥याएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सो प्रकरणको गहिरो छानबीन गरी दोषीलाई दण्डित गरिनुपनेमा जोड दिनुभएको छ । “बालुवाटारको जग्गा को व्यक्तिका नाममा, कसरी पुग्यो, त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसबीचमा तथ्य प्रमाणका साथ सार्वजनिक भइसकेको छ । दोषीलाई जोगाउने ढङ्गले, विषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढङ्गले गरिने कर्म र प्रचारप्रति सजगताका लागि काङ्ग्रेस सबैमा अपिल गर्दछ’, विज्ञप्तिमा उल्लेख छ । प्रवक्ता शर्माले तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कारवाहीका लागि नागरिकको सजगता, सञ्चारमाध्यमको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मीको इमानदारीसँगै प्रतिपक्षको दवाव र सरकारको इमान्दार विवेक यतिबेला परीक्षाको कसीमा रहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई