नयाँ सत्ता समीकरणको प्रयास

काठमाडौं–नेकपाले प्रदेश २ मा पनि नयाँ सत्ता समीकरणको प्रयास थालेको छ । त्यसको छनक हिजो अध्यक्ष प्रचण्डले ललितपुरको खुमलटारस्थित निवासमा मंगलबार आयोजित मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश कार्यक्रममा दिएका छन ।
प्रचण्ड सरकारले जनहितमा काम गर्न नसकेको भन्दै यस्तो सरकारलाई जनताले पर्खेर बस्नु नपर्ने समेत हिजो बताएका छन ।
उनले जनताको हक हितमा काम गर्ने सरकारका लागि कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार बन्नुमात्रै त्यहाँको जनताको हितमा हुन्छ समेत बताए।
६ वटा प्रदेशका सरकार नेकपाकै नेतृत्वमा बनेपनि प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनको सरकार छ ।
अहिले सरकारमा नगएपनि नेकपाले सरकारलाई समर्थन दिँदै आएको छ । राजपाले केही समयअघि संघीय सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गरेपछि फोरमसँग मिलेर नयाँ समीकरण बनाउने कसरतमा नेकपाका नेताहरु लागेको बताइएको छ ।