श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न सरकार प्रतिबद्ध छः प्रचण्ड


नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण नेपालीमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्, ‘१३०औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवि जनसमुदायमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’

उनले नेपालमा २००३ सालमा विराटनगर जुटमिलबाट शुरु भएको श्रमिक आन्दोलन, १० वर्षे जनयुद्ध, र १९ दिने ऐतिहासिक जनआन्दोलको प्रतिफलले नै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताएका छन् ।

प्रचण्डले वर्तमान सरकार र नेकपाले संवैधानिक र कानुनी पूर्वाधार तयार गर्दै विकास र समृद्धिलाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले श्रमको सम्मान श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न कम्युनिस्ट सरकारले विभिन्न योजना मार्फत समाजवादको आधार तयार पार्न जोड दिइरहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई