भेनेजुएलाका राष्ट्रपति मडुरो देश छोडने तयारीमा ,विमान तयारी हालतमा


अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मडुरो क्युबा निवासनमा जान तयार भएको दाबी गर्नु भएको छ ।

तर मडुरोले भने पोम्पेओको यो दाबी झुठो भएको भन्दै खण्डन गर्नु भएको छ । पोम्पेओले सीएनएनलाई दिनु भएको एक अन्तर्वार्ता विमानस्थलमा मडुरोलाई लैजान विमान तयारी हालतमा राखिएको दाबी गर्नु भएको थियो ।

तर रुसले मडुरोलाई देश नछाड्न दबाव दिएको पोम्पेओले बताउनु भएको थियो । पोपेम्ओको यो भनाइ एक जोक मात्र भएको मडुरोको भनाई रहेको छ । विपक्षी नेता ग्वाइदोको आह्वानमा भेनेजुएलाका विभिन्न शहरमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएर प्रदर्शन जारी राखेका बताइएको छ ।

मडुरोको पक्षमा रुस, चीन र क्युबाजस्ता देश रहेका छन् भने, ग्वाइदोलाई अमेरिका, थुप्रै युरोपेली देश र छिमेकी ल्याटिन एवम् दक्षिण अमेरिकी देशसहित दर्जनौँ राष्ट्रले मान्यता दिएका छन् । विपक्षी नेता ग्वाइदोले गत जनवरीमा संविधानको रक्षार्थ भन्दै आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गर्नु भएको थियो ।

उहाँको सो घोषणालाई मडुरो अस्वीकार गर्नु भएको छ । मडुरो र ग्वाइदो दुवैले आफूलाई देशको संवैधानिक राष्ट्रपति दाबी गर्दै आउनु भएपछि ल्याटिन अमेरिकी देश राजनीतिक र आर्थिक सङ्कटको भुमरीमा परेको छ ।

क्युबाले ट्रम्पको चेतावनीलाई अस्विकार गर्ने यसैबीच क्युबाका राष्ट्रपति मिगेल डायाज कनेल अमेरिकाको चेतावनीलाई वास्ता नगरी भेनेजुएला सरकारको समर्थन गर्ने बताउनु भएको छ ।

भेनेजुएलाको समर्थन गरेमा क्युबामा अझै बढी प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको बावजूट पनि भेनेजुएलाको समर्थन गर्ने क्युबाले बताएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोको सरकारले भेनेजुएलाको कानूनी सरकार भएको क्युबाका राष्ट्रपतिले बताउनु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई