मोदीका प्रतिद्वन्द्वीको उम्मेदवारी रद्द


नयाँ दिल्ली, १८ वैशाख (रासस÷सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग वाराणसी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न महागठबन्धनका तर्फबाट तेजबहादुर यादवले दर्ता गराएको उम्मेदवारी रद्द भएको छ । आधारभूत केही प्रक्रिया पूरा नभएको भन्दै बुधबार उहाँको उम्मेदवारी निर्वाचन आयोगबाट अस्वीकृत भएको हो । शुरुमा स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराउनु भएका यादवले त्यसपछि तीन वटा क्षेत्रीय पार्टी समाजवादी पार्टी, बहुजन समाज पार्टी र राष्ट्रिय लोक दलले उत्तर प्रदेशमा बनाएको महागठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको थियो । भारतको वाराणसी निर्वाचन क्षेत्रलगायत केही निर्वाचन क्षेत्रमा मे १९ तारिखका दिन मतदान हुने तय भएको छ । गत अप्रिल ११ तारिखदेखि शुरु भएको सात चरणको निर्वाचनमध्ये मे १९ मा अन्तिम तथा सातौँ चरणको मतदान हुने भएको हो । उम्मेदवारी रद्द भएका यादव केही वर्ष अगाडि भारतको सीमा सुरक्षा बल (बीएसएफ)बाट बर्खास्त भएका व्यक्ति भएको बताइएको छ । उहाँले त्यतिबेला सेवाग्रहीलाई राम्रोसँग सेवा नदिएको जस्तो बुझिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सीमा सुरक्षा बलमा रहेकै बेला उहाँलाई भ्रष्टाचारको आरोप लागेको पनि अधिकारीहरूले बताएका छन् । त्यतिबेला उहाँको छवि राम्रो नरहेको विवरणहरू सार्वजनिक भएका छन् । उम्मेदवारी रद्द भएपछि बुधबार उहाँले आफूलाई अन्याय भएको र न्यायका लागि अदालत जाने बताउनुभएको छ । षड्यन्त्रपूर्व तरिकाले आफ्नो उम्मेदवारी रद्द गरिएको यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई