सेनालाई नचिड्याउन विपक्षी नेताको आग्रह


सुडान, १८ वैशाख (रासस÷सिन्ह्वा) : सुडानको प्रमुख विपक्षी दलका प्रमुख नेताले सुडानी सेनालाई नचिड्याउन बुधबार आग्रह गर्नुभएको छ । प्रमुख विपक्षी दल नेशनल उम्मा पार्टीका प्रमुख साद्दिक अल–मेहदीले एएफपीलाई दिएको अन्तर्वातामा यस्तो आग्रह गर्नुभएको हो । सैन्य परिषद्मार्फत सरकारको नेतृत्व गरेको सुडानी सेनासँग अहिले आन्दोलनकारीहरूको तर्फबाट वार्ता भइरहेकाले सेनालाई नचिड्याउन उहाँले अन्तरवार्ताका क्रममा आग्रह गर्नुभएको छ । सुडानको सैन्य परिषद्का विरुद्धमा आन्दोलन चर्किदै गएपछि सैन्य परिषद् आन्दोलनकारीसँग वार्ता गर्न तयार भएपछि वार्ता शुरु भएको छ । सैन्य सरकारलाई नागरिक सरकारमा रूपान्तरण गर्नुपर्ने आन्दोलनकारीको मागमा सैन्य परिषद् सकारात्मक भएपछि वार्ता शुरु भएको हो । सुडानका प्रभावशाली राजनीतिक नेता मेहदीले अहिले सेनालाई चुनौती दिन खोज्नु अझ वातावरण धमिल्याउनु जस्तो हुने तर्क गर्नुभएको छ । सुडानको सेनाले केही समय अगाडि तीन वर्षदेखि शासन गर्दै आउनु भएका तत्कालीन राष्ट्रपति ओमर अल बशिरलाई बर्खास्त गरेर शासन हातमा लिएको छ । गत अप्रिल ११ मा बशिरलाई बर्खास्त गरेपछि सेनाको त्यस कदमका विरुद्धमा सुडानमा आन्दोलन भइरहेको छ । बशिरले पनि जनतालाई सुशासनको प्रत्याभूत गराउन नसकेको, मूल्यवृद्धि रोक्न नसकेको तथा देशमा अत्यधिक भ्रष्टाचार हुँदा पनि यसको नियन्त्रण गर्न असफल भएको भन्दै उहाँका विरुद्ध पनि आन्दोलन हुँदै आएको थियो । त्यही आन्दोलनको जगमा सेनाले उहाँलाई अपदस्थ गरेर सैन्य परिषद् गठन गरेको थियो । तर त्यसका विरुद्धमा पनि आन्दोलन भएपछि अहिले वार्तामार्फत सेना र नागरिक सम्मिलित संयुक्त सरकार बनाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई