शक्तिशाली चक्रवात उत्तरतर्फ बढ्दै ,सतर्क रहन मौसमविद्को आग्रह


काठमाडौँ, १९ वैशाख : बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विज्ञप्ति जारी गर्दै बङ्गालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात, फानी, विस्तारै उत्तर–पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलो प्रभाव नपरे पनि हिमाली भू–भागमा भारी हिमपात र पूर्वी तथा मध्यका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले मौसमविद्ले सचेत रहन आग्रह गरेको छ ।

उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि नेपालको पूर्वी र मध्य हिमाली भू–भागमा भारी हिमपात तथा प्रि–मनशुन भएकाले पूर्वी र मध्यका स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई