फोरम र नयाँशक्तिबीच एकताको तयारी


काठमाडौँ, १९ वैशाख : सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताका लागि शीर्ष नेताहरुबीच छलफल अघि बढेको छ ।

उपप्रधानमन्त्री तथा फोरमको नेतृत्व गर्नुभएका उपेन्द्र यादव र डा बाबुराम भट्टराईले नेतृत्वको गर्नुभएको पार्टी नयाँ शक्तिबीच एकता प्रक्रियाअघि बढेको फोरमका निर्वाचन समितिकका प्रमुख शिवजी यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार पार्टी एकता प्रक्रियाअघि बढेको छ । शीर्ष नेताहरुबीच छलफल पनि भइरहेको छ । तर एकता कहिले गर्ने भनेर मिति तोकिएको छैन ।

निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भए पनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन । अहिले भने एकता प्रक्रिया निकै अगाडि बढेको छ ।
(रासस)

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई