उच्च रक्तस्राव भएका महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार


जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो । १४ गते राति २ बजेदेखि उच्च रक्तस्रावले अनमी नेपाली थला पर्नुभएको थियो । दाङ, घोराही उपमहानगरपालिका–१५ स्थायी निवासी ३३ वर्षीया अनमी नेपालीको उद्धारको पहल भइरहेका बेला ओदानचुली गाउँपालिका निवासी राजकला महतारा पनि सुत्केरी भएर समस्या भएपछि थप उपचारका लागि प्रदेश अस्पातल सुर्खेतमा ल्याइएको सामाजिक विकासमन्त्री रावलले बताउनुभयो । अनमी नेपालीको तीन महीना पहिले गर्भ खस्दा औषधि गरेर आफ्नो कार्यक्षेत्र हुम्ला मेल्छाम स्वास्थ्य चौकीमा फर्किनुभएको थियो । यता सुत्केरी व्यथा लागेकी महतारा बच्चा जन्मन नसक्दा मङ्गलबारदेखि पीडा सहेर बस्नुभएको थियो । उपचारका लागि दुवैलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ । नेपाली र महताराको स्वास्थ्योपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले जानकारी दिनुभयो । मन्त्री रावलले केही समयका लागि हेलिकप्टरबाट उद्धार गरिए पनि प्रत्येक स्थानीय तहमा एक÷एक वटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरेर एक÷एक जना विशेषज्ञ चिकित्सक राख्ने बताउनुभएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने र त्यहाँबाट सम्भव नभएको खण्डमा प्रदेश सरकारले आफ्नै खर्चबाट भए पनि त्यस्तो सेवा उपलब्ध गराउने योजना बनाएको मन्त्री रावलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई