उत्पादनविनाको विकासको आवश्यकता छैनः मुख्यमन्त्री पौडेल


चौतारा, २३ चैत: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनाताको आवश्यकताका आधारमा विकास हुनुपर्ने बताउनुभएको छ । उहाँले परम्परागतको अवधारणको अन्त्य नभई वास्तविक विकास हुन नसक्ने बताउनुभयो ।
आज सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसको तेह्राँै साधारणसभामा मुख्यमन्त्री पौडेले लगानी गरेको योजनाले कति जनाको रोजगारी सिर्जन गर्न सक्छ भनेर लेखाजोखा गरी सबैलाई समेटे मात्र वास्तविक विकास भएको मानिने हँुदा उत्पादनविनाको विकासको आवश्यकता नभएको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थमा सुधार भएमात्र समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार बनाउन सघाउ पुग्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जिल्लाको विकासमा अग्रसर भएको बताउनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णराज श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य सरेश नेपालले पनि आफ्नो धारणा राख्नुभएको थियो । विसं २०५८ देखि सञ्चालित उक्त क्याम्पसमा यसै शैक्षिकसत्रदेखि शिक्षा शास्त्र सङ्कायमा स्नतकोत्तर तहको कक्षा सञ्चालन हँुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई