नेकपाका प्रभावशाली नेता योगेश भट्टराईको मध्यरातमा यस्तो आयो ट्विट


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले फर्कनै नहुने वा फर्कनै नसकिने हो भने नेपाली शब्द भण्डारमा फर्कनु भन्ने शब्द नै किन बन्यो त ? भन्दै शुक्रवार राती ट्विट गर्नुभएको छ ।

भट्टराईले पार्टी दुर्घटना नजिक पुगेपनी त्यहावाट फर्कन सकिन्छ र नेकपा एक हुनुपर्छ भन्दै उक्त ट्विट गर्नुभएको हो ।

केहि दिन अघि खुमलटार ग्रुपले बानेश्वरमा सय भन्दा बढी पत्रकारको भेला गराएर प्रधानमन्त्री केपी ओली र ओली निकट मन्त्रीहरुलाई ठोक्न निर्देशन दिएको थियो ।

प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिलाउने उद्धेश्यले गठन भएको खुमलटार गुटले ओली सरकार विरुद्ध प्रोपागाण्डा गर्न सम्पादकहरुको भेला हिजो बोलाएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार विरोधी र आफु निकट पत्रिकाका सम्पादकसँग छलफल गरि सरकार विरुद्ध कुप्रचार गर्ने रणनिती तयार गर्न लागेका थिए । उक्त भेला काठमाडौंको होटल मेरियटमा हिजो दिउँसो २ बजे हुन लागेको थियो तर चौतर्फी विरोधका कारणले हिजो स्थागित भएको थियो ।

यसरी पार्टो बिभाजनको संघारमा पुगेपछी मन्त्री भट्टराइको उक्त ट्विट आएको हुनसक्छ ।

भट्टराइको ट्विट

फर्कनै नहुने वा फर्कनै नसकिने हो भने नेपाली शब्द भण्डारमा फर्कनु भन्ने शब्द नै किन बन्यो त ? जब यो शब्द छ भने यसको प्रयोग पनि हुन्छ । तसर्थ: फर्कन सकिन्छ र फर्कनु पर्छ । दोश्रो बिकल्पै छैन ।’

प्रतिक्रिया दिनुहोस