तालिबानसंग स्थायी युद्धबिरामका लागि आग्रह


काबुल, २० बैशाख: अफगानिस्तानको काबुलमा सम्पन्न ऐतिहासिक “लोया जिर्गा” (विशेष परिषद) बैठकले तत्कालै स्थायी युद्धबिराम गर्न आह्वान गरेको छ ।

राष्ट्रपति अश्रफ घानीले परिषदको आह्वानलाई शर्तसहित कार्यान्वयन गर्ने बताउनुभएको छ । यसै साता बसेको लोया जिर्गा बैठकमा अफगानिस्तानका करिब तीन हजार २०० प्रतिनिधि सहभागी थिए । बैठकमा धार्मिक तथा आदिवासी नेताहरु, राजनीतिक नेताहरु र दलका प्रतिनिधिहरुको उपस्थिति थियो । करिब १८ वर्षदेखि जारी हिंसात्मक युद्धलाई शान्तिपूर्ण समाधान खोज्ने उद्देश्यले लोया जिर्गा आयोजना गरिएको थियो । बैठकपछि जारी घोषणापत्रमा अफगानिस्तान सरकार र तालिबान आन्दोलनले तत्कालै स्थायी युद्धबिराम घोषणा गर्न आग्रह गरिएको छ । घोषणामा युद्धबिराम इस्लाम धर्म अनुसार पवित्र महिना रमादानदेखि शुरु गर्न पनि सुझाइएको छ ।

अफगान राष्ट्रपति अश्रफ घानीले आफू युद्धबिरामको निष्पक्ष र बैधानिक माग कार्यान्वयनमा सदैब तत्पर रहेको बताउँदै यो एक पक्षीय हुन नसक्ने स्पष्ट गर्नुभयो । “यदि तालिबान समूह युद्धबिरामका लागि पूर्ण रुपमा तयार हो भने हामी अरु प्राविधिक विषयमा कुराकानी गर्न सक्छौं,” घानीले बताउनुभयो । लोया जिर्गाको घोषणापत्रका बारेमा तालिबान समूहले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । तालिबानी समूह यतिखेर कतारमा अमेरिकी शान्तिदूत जाल्मे खलिलजादसँग वार्तामा छ । विद्रोही तालिबान समूहले राष्ट्रपति घानीसँग वार्ता गर्न पनि अस्वीकार गरिरहेको छ । गत वर्ष तालिबानले रमादान महिनाको अन्त्यतिर तीन दिन युद्धबिराम घोषणा गरेको थियो । राष्ट्रपति घानीले पनि सरकारका तर्फबाट आठ दिनका लागि एकपक्षीय युद्धबिराम घोषणा गर्नुभएको थियो । अमेरिकी सैनिक हस्तक्षेप भएको सन् २००१ पछि पहिलोपटक भएको उक्त युद्धबिरामप्रति आमजनताले खुशी प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई