रामको मन्दिर अयोध्यापुरीमा बनाउने कामप्रती कांग्रेस प्रवक्ता शर्माले गरेको आपत्तिप्रती सामाजिक सन्जालमा रोष


धानमन्त्री केपी ओलीले चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई दिएकाे निर्देशनप्रति कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएपछी उहाप्रती सामाजिकमा रोष पोखिएको छ ।

शर्माले आफ्नो ट्विटमा ‘भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ?

यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल मार्क्सको आत्मालाई शान्ती मिल्ला कि `मिशन लिम्पियाधुरा´ लाई बल पुग्ला’ लेख्नुभएको छ ।

यसप्रती रोष प्रकट गर्दै ट्विटरमा यस्ता प्रतिकृया आएका छन

@clickjns ‘ राम जन्मेको विषयमा तपाईंको धारणा के हो विश्वो प्रकाश शर्मा ज्यु? PM को राम जन्मभुमि को कुरा जायज छ। सबै कुरालाइ एउटै डालोमा हाल्ने? ? ?’

@ThahaaDb ‘ कति छुद्र टिप्पणी हो प्रवक्ताज्यू यो ? चेपांगको घर जलाइएको र रामको जन्मभूमि अलग अलग मुद्दा होइनन् र ? चेपांगको सवाल मानविय हो तर रामको जन्मसँग सम्बन्धित सवाल नितान्त धार्मिक आस्था र विश्वाससँग जोडिएको कुरा हो । आस्था माथि मजाक नगरियोस् ।।

@mindkisor ‘ प्रधानमन्त्री ओलीले यसबारे वन मन्त्रालयले अध्ययन गरिसकेको तथा मन्त्रिपरिषद् कार्यालयको टोलीले अध्ययन गरिरहेको भन्दै दुबै प्रतिवेदन आएपछि रक्षा, वन र संघीय मामिलामन्त्रीसहित बैठक राखेर छलफल गर्ने बताएका छन् ।’

@Birendr00021662 ‘ #रामसिता मन्दिर
जेजती बनाउनु पर्ने भौतिक संरचना र इतिहास राख्न लाइ गरिने सम्पूर्ण कार्य यहि सरकारले गरि सक्ने भो भनेर काङ्ग्रेस को छट्पटी देख्दा दया लागेर आउछ। अब त भारत लाइ हामीले आची पुछेको ढुङ्गा सम्झनु पर्छ कि घर को आगन मा पनि राख्न योग्य छैन भनेर ।
@Lilabahadurlam1 ‘ शर्मा जि गरि गरि पिएम ज्यु लाई केहि शब्द ठोकिदियो भने चर्चित हुन्छु भन्ने भ्रम छ कि क्या हो यहाँ लाई ? कहाँ को के कहाँ लगेर जोडिनु मुर्ख मात्र हो ! सचिनु हुन अनुरोध बाहेक यहाँ लाई केहि भनिन !
@Strongsantosh45 ‘ खतरा तरिकाले सामाजिक सन्झाल चलाए जस्तो लाग्थ्यो दाजुले तर अहिले सम्म थाहा रहनेछ कि चेपाङको घर सरकारले गराउने भयो भनेर ? अनि अर्को कुरा रामको जन्म नेपालमा भएको हो कि नाई भनेर अध्यन गर्दा यो काङ्ग्रेस पार्टीलाई किन यति धेरै टाउको दुखेको हो बुझन सकिन अलि ।।।
@jnpanthi ‘कुन्ठाको भजन गाम गाम, भुमिका राम्रै पाइएकै छ।’

@bhawani2019’कुरा त ठिक हो नि विश्व प्रकाश सर !तर हामी सबै उही ड्याङका एउटै प्रकृतिका रहेछौं,धेरै उधाेग धन्दा बेच्ने पार्टी तपाईंकै थियो,के अनि संगसगै अरु नयाँ उधाेग पनि त शिलान्यास भए हाेलान,होइन र?खाेजेकाे त चेपाङको घर बनाेस्,मन्दिर बनाेस्,अस्पताल पनि बनाेस तर उल्टो छ।

@KamalBh12278882 ‘ विपक्ष भए पछि पक्षको बिरोध जन्मसिद्ध अधिकार हो राम्रो सदुपयोग गरी राख्नु भा छ ल बधाई,तर एउटा नेपाली नागरिक केपी ओली को बिरोध गर्दा देश र जनताको हित बिपरित भो देश बिरोधी लाई हाँस्ने मार्ग प्रशस्त गरे की भन्ने हेक्का पनि न राखी मात्र बिरोध बिरोध गज्जब छ बा राजनीति ??

प्रतिक्रिया दिनुहोस