विभाजनका लागि तयार रहन चार नेताले आह्वान गरेको दुई दिन पछि ६३ सांसदहरूको जवाफ-विभाजनका लागि कुनै हालतमा तयार छैनौं


काठमाडौँ । बिवादको भूमरीमा रुमलिएको सत्तारुढ दलमा अब केही चादँनी देखिन थालेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली विरूद्द दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको माेर्चाबन्दीगरी पार्टी बिभाजनसम्मको कसरत गर्दै पार्टी विभाजन हुनसक्छ भन्दै तयारी अवस्थामा रहन आफ्ना निकट नेता तथा कार्यकर्तालाई आह्वान गरेको दुई दिन पछि ६३ जना सांसदहरूले आज जवाफ दिएका छन विभाजनका लागि कुनै हालतमा तयार छैनौं ।

अध्यक्षद्वय ओली तथा दाहाल , सचिवालय सदस्यहरू झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष भनिएर चिनिएका ६३ सांसदहरुले हस्ताक्षर सार्वजनिक कोरोना महामारीले देशको आर्थिक स्थिति कमजोर बनेको अवस्थामा दलभित्र विवाद हुनु सकारात्मक विषय नभएको बताएका छन ।

सांसदहरुलाई पार्टी फुटाउने गरी दुर्भाग्यपूर्ण स्टेप नचाल्न र कार्यकर्तालाई त्यसमा प्रोत्साहन नगर्न समेत आग्रह गर्दै अहिले पार्टीभित्र भईरहेका लडाई पदको जस्तो देखिएको भन्दै त्यसबाट टाढा रहेर एकताको महाधिवेशनमा जान आग्रह गरेका छन् ।

सिहदरवारमा आज पत्रकार सम्मेलन सिंहदबारमा आज पत्रकार सम्मेलन गरी उनीहरुले पार्टीका नीति, कार्यक्रम, सिद्धान्त, लक्ष्य र उद्देश्य, सङ्गठनात्मक संरचनासम्बन्धी बहसभन्दा अन्य विषयमा केन्द्रित भइ शीर्ष नेतृत्व तहमा देखापरेको अन्तरविरोध कुनै पनि अर्थमा ग्राह्य र उपयुक्त नभएको बताएका छन् । उनीहरुले त्यस्तो प्रवृत्तिलाई कार्यकर्ताका तहबाट साथ र सहयोग हुन नसक्ने स्पष्ट पारेका छन् ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, “पार्टी एकीकरणको प्रक्रियालाई पूर्णता दिई देशव्यापी रुपमा सङ्गठन विस्तार गर्दै महाधिवेशनको तयारीमा लाग्नुपर्नेछ ।” कोभिड–१९ ले स्वास्थ्य र अर्थतन्त्रमा पारेको गम्भीर प्रभावका बारेमा समीक्षा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ । विज्ञप्तिमा भनिएको छ, “पार्टी नेतृत्व तहमा देखा परेका अन्तरविरोधले एकातिर आम नेपाली जनता, कार्यकर्ता मर्माहत भएका छन् भने अर्कातिर दुई कम्युनिस्ट पार्टीको एकता प्रक्रिया पूरा नहुँदै बिग्रहतिर जाने सम्भावना बढेर गएको छ ।”

सिङ्गो नेपाली समाजको प्रगतिशील रुपान्तरण, मजबुद राष्ट्रिय एकता, सबल अर्थतन्त्रको निर्माण, वैज्ञानिक समाजवादी दिशाको यात्रामा अविचलित पाइला अगाडि बढाउनेतर्फ लाग्नुपर्नेमा सांसदले जोड दिएका छन् । नेकपाको एकतालाई अक्षुण राख्न र तार्किक निष्कर्षमा पु¥याउन सङ्घीय संसद्का तर्फबाट अपिल जारी गरिएको उनीहरुको भनाइ छ । यसरी अपिल जारी गर्नेमा सांसद अमनलाल मोदी, अञ्जना विसंखे, आशाकुमारी विक, इन्दुकुमारी शर्मा, कलिला खातुन, कल्याणीकुमारी खड्का, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, कृष्णलाल महर्जन, गणेशकुमार पहाडी, गणेशसिंह ठगुन्ना, गोपीबहादुर अछामी र गोमा देवकोटा छन ।

यस्तै गौरीशंकर चौधरी, घनश्याम खतिवडा, चाँदतारा कुमारी, जयकुमार राई, जीवनराम श्रेष्ठ, झपटबहादुर रावल, तीर्था गौतम, थममाया थापा, दामोदर भण्डारी, दीपकप्रकाश भट्ट, धर्मशिला चापागाईं, ध्रुवकुमार शाही, नन्दलाल रोका क्षेत्री, नरबहादुर धामी, नवराज सिलवाल, नारदमुिन राना, नारायणप्रसाद खतिवडा र पदम गिरी छन । त्यस्तै पार्वतीकुमारी विशुन्खे, पुष्पाकुमारी कर्ण कायस्थ, प्ेम आले, विजय सुब्बा, भवानी खापुङ, भूपेन्द्र थापा, भैरवबहादुर सिंह, मनकुमारी जिसीलगायत ६३ सांसद रहेका छन ।

प्रतिक्रिया दिनुहोस