अबको निकास समावेशी विकास : डा भट्टराई


रुपन्देही, २३ चैत : नयाँशक्ति पार्टीका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले अबको निकास समावेशी विकास भएकामा जोड दिनुभएको छ । मगर राष्ट्रिय परिषद् नेपालको दोस्रो सङ्घीय भेलालाई आज बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले दिगो समृद्धि हासिल गर्न समावेशी विकासको बाटोमा अगाडि बढनुपर्ने धारणा राख्नुभयो । “सबैले समृद्धिको अनुभव गर्न पाउनुपर्छ”, उहाँले भन्नुभयो, “समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्र नभए समृद्धि प्राप्त हँुदैन ।” नेपालमा दिगो शान्ति र सुशासनका लागि पछाडि पारिएको वर्ग र क्षेत्रका समस्या समाधानका लागि सबै एक ठाउँमा उभिएर आवाज उठाउन जरुरी रहेको उहाँले बताउनुभयो । “आदिवासी जनजातिको अधिकार प्राप्तिका लागि सङ्घर्ष जरुरी छ”, डा भट्टराईले भन्नुभयो, “अब सदनभित्र र बाहिरबाट आवाज उठाउँ ।” सरकारले सङ्घीयता कार्यान्वयनका क्रममा आदिवासी र जनजातिलाई पहिचानविहीन बनाएको टिप्पणी गर्दै उहाँले अझै पनि प्रदेश नं ७ को सिमाङ्कन मिलाउन सम्भव रहेको धारणा राख्नुभयो । विकास बजेटसमेत खर्च गर्न नसकेको सरकारबाट धेरै आशा गर्ने ठाउँ नभएको भन्दै अध्यक्ष भट्टराईले हलेदो भनेर चिनेपछि कोट्याउन जरुरी नभएको टिप्पणी गर्नुभयो । पार्टीको राष्ट्रिय मामिला इञ्चार्ज हिसिला यमीले सरकारले समावेशिताको मुद्धालाई कमजोर बनाएको बताउनुभयो । उहाँले देशको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका जनजातिको पहिचान दिलाउन राज्यले कन्जुस्याँइ गर्न नहुने बताउनुभयो । भेलामा मगर सङ्घका केन्द्रीय अध्यक्ष नवीन रोकामगर, आदिवासी जनजाति महासङ्घका अध्यक्ष जीएस गुरुङ, नयाँशक्ति पार्टीका प्रदेश संयोजक कमल खनाल, तमु राष्ट्रिय परिषद्का संयोजक विनोद गुरुङ, मगर राष्ट्रिय परिषद्का सल्लाहकार, जनजाति नेता भीमबहादुर आले, हरिकला थापा, रामबहादुर गरौजालगायतले आदिवासी जनजातिलाई पहिचान दिलाउन माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई