प्रधानमन्त्री ओली नै आश्चर्यचकित


प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको लेटर प्याडमा आर्थिक वर्ष ०७६/ ०७७ का लागि प्रधानमन्त्री ओलीले योजना पारिदिन भन्दै राष्ट्रिय योजना आयोगलाई पत्र लेखेको सार्वजनिक भएपछी प्रधानमन्त्री केपी शर्मा ओली नै आश्चर्यचकित हुनुभएको छ । साे सम्वन्धमा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आज प्रेस वक्तव्य सार्वजनिक गर्नुभएको हो ।

प्रेस वक्तव्य यस् प्रकारको छ ” सम्माननीय प्रधानमन्त्रीज्यूको निर्वाचन क्षेत्रको विभिन्न आयोजनाहरु समावेश गर्न झापा जिल्ला , क्षेत्र नं ५ संघीय सांसद सम्पर्क कार्यालयबाट प्राप्त , राष्ट्रिय योजना आयोगका उपाध्यक्षका नाममा नीजि सचिवालयबाट पठाइएको भनी सार्वजनिक गरिएको पत्र सम्माननीय प्रधानमन्त्रीज्यूको जानकारीमा नरहेको स्पष्ट गराउँछु । सांसद सम्पर्क कार्यालयमा संकलन गरिएका आयोजनाहरुको सूची सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन वेगर नै नीजि सचिवालयबाट भुलवशः राष्ट्रिय योजना आयोगमा सम्प्रेषण गरिएको रहेछ । सम्माननीय प्रधानमन्त्री देशको कार्यकारी प्रमुख मात्र होइन , राष्ट्रिय योजना आयोगको अध्यक्ष समेत हुनुहुन्छ । आफ्नै नेतृत्वमा रहेको मन्त्रिपरिषद्को मातहतका मन्त्रालयहरुमा यो वा त्यो आयोजना समावेश गरी दिन पत्र लेख्ने वा आफै अध्यक्ष रहेको संस्थामा , समाचार माध्यम र सामाजिक सञ्जालमा उल्लेख गरिएझैं त्यसप्रकारको पत्र पठाउने वा निर्देशन दिने भन्ने कुरै आउँदैन । यसैले मिडियामा प्रचारित त्यस पत्रको कुनै सान्दर्भिकता नरहेको व्यहोरा यसै वक्तव्य मार्फत स्पष्ट पार्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यू उक्त घटनाबाट आश्चर्यचकित र दुःखी हुनुभएको छ । “

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई