मुल्ला नरुसिद्दीनको ऐना र भ्रम


अर्जुन आचार्य

मुल्ला नरुसिद्दीन एकान्त बाटोमा हिड्दै थिए !अचानक बाटोमा केही बस्तु भेटियो उनले टिपे हेरे त्यो ऐना थियो त्यतिबेला सम्म उनले ऐना देखेकै थिएनन।

हेर्दा ऐनामा एउटा उनको बुबाको जस्तो तस्बिर देखियो ।अनुहार नरुसिद्दिनको पनि उनको बाबूको जस्तै थियो ।

उनको मनमा कौतुहलता छायो बुबा पनि यति धेरै सौखिन फोटो खिचेर फ्रेमामा सजाउनु भएको ? म भाग्यमानी हु धन्न यो बाटो हेडेछु र त भेटाए !

उनी भित्र खुशी भएता पनि मनमनै दुखी पनि थिए। किनकी कसरी त्यो ऐना घरमा लुकाएर छिपाएर राख्ने होला ? श्रीमति ले देखिन भने त्यो फुटाल्दिन्छिन कित फ्याकिदिन्छिन ।

किनकी उनको ससुरा संग त्यति राम्रो सम्बन्ध थिएन ससुरा मर्दा रमाएकी थिइन। मुल्ला नरुसिद्दिन बिस्तारै पत्निको आँखा छल्दै भित्र पसे माथिल्लो तल्लामा निस्केर ढाक छोप गरि लुकाए ।

पुनः तल झरे पत्नी ले मनमनै सोचिन आज केही त छ यिनको चाल ठिक छैन । जब खानपिन सकियो मुल्ला बिस्तारामा पुग्न साथ मस्त निद्रामा पुगे।

त्यो बखत छोपी उनकी पत्नी माथिल्लो तल्लामा पुगिन अन्ततः उक्त ऐना भेटियो उनले हेरिन त्यहा एउटा अनुहार देखियो उनले पनि ऐना पहिलो पटक देखेको थिइन।

आफ्नै अनुहार हो भन्ने पत्तो पाएकी थिइनन। अनि मनमनै गाली गरिन यो चुडेल्नी सङ लाएर पो यसको फोटो लुकाएका छिपाएका राखेका घरमा ढिला आएका?

घरमा बह्स सुरु भयो छिमेकीको मा पुग्यो कुनै छिमेकी मिल्न पर्छ भने त कुनैले आफ्नो फाइदा र उनको इज्यत गिराउन आगो मा घ्यु थपिदिए किनकी मुल्ला त्यस टोलका नेता थिए।

माथी उल्लेखित सतहमा बहस गर्ने सतहमै रमाउने भित्री कुरा नबुझी एक ले अर्को लाई नग्याउने बह्स चलीरहदा हामिले चाहेको कुरा पाइएला त पक्कै पनि पाइदैन । विशेषगरि नेपालका युबा पिढी मिडिया र संन्जाल कर्मी धेरै भ्रम फैलाउन उद्दत छ्न ।

त्यसको दीर्घकालीन असर नेपाल र आम नेपाली लाई मात्र नभै ती युबा जो भ्रम सिर्जना गर्ने र भ्रम पत्याउने पंक्ति नै प्रत्यक्ष त्यसको सबै भन्दा ठुलो मारमा पर्ने छ्न ।

अतिरन्जित गर्ने भाइरल हुने र भाइरल बनाइने कुराले खती त आम नेपाली जनताको हुन्छ । सरोकार वाला बेलैमा सचेत होउन, आम जनताले खबरदारी गरौ

प्रतिक्रिया दिनुहोस