कुण्ठित मानसिकताबाट बाहिर आई समग्र मुलुक निर्माणमा सरकारलाई सहयोग गरौं


राजुपहरी दर्शन

विचार एकातिर छ, आजको बहस र छलफल एकातिर छ। अर्कोतिर निरन्तर नेकपाका अध्यक्ष तथा शक्तिशाली प्रधानमन्त्रीमाथि आन्तरिक र बाह्य चुनौतिहरु थपिदै छन । तर्थापि यस्ता वक्तब्यले प्रधानमन्त्रीमाथि कुनै आँच त आउदैन झन शक्ति प्रदान गर्द्छ । तर बाबुराम भट्टराई, महन्त ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव यि चर्चित अनुहारको राजनीतिक विचार, राजनीतिक शिक्षा र कुन्ठाग्रस्तराजनीति कस्तो छ भनेर प्रष्ट हुन्छ ।

यहि जमात हो जातिय तथा क्षेत्रीय दङा फसाद गराउदै आफुलाई तराई, मदेसको हिमायती सम्झने । यहि जमात हो भारतले जसोबोल्दा पनि सहमत जनाउने । यहि जमात हो आफ्नो देश को बिरुद्ध बोल्दा संविधानले स्वतन्त्रता दिएको छ भन्दै मुलुक कै विरुद्ध बोल्ने, अनि यहि समुहले प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर कुन्ठित सोचलाई आज निर्लज्ज प्रेस बिज्ञप्तिका नाममा बाहिर ल्याउने । यो झुन्ड त्यस्तो झुन्ड हो जसले नेपाली राष्ट्रीयता र सार्वभौमिकत्ता माथी प्रहार हुँदा चुप लागेर बस्ने ।

मुलुकका कार्यकारी माथि प्रयोग भएका शब्द र ति शब्दको अर्थ के त्यो झुण्डलाई थाहा नभएको हो कि दलिल सोचका साथ प्रस्तुत गरिएको हो ?
तराई बाढि र पहाडमा पहिरोले गर्दा जनता पिडामा छन , हरेक बर्ष भारतले बनाएको वांधका कारण तराई जलमग्न हुन्छ , सयौ ठाउँमा पहिरो गएको छ । त्यता प्रेस विज्ञप्ति वा सान्त्वना पनि आउदैन । कोरोनाले विश्व महामारी मा छ त्यता सरकारलाई सहयोग गर्ने, आफ्नो जिल्लाका जनताको माझ जाने हुत्ति हुदैन बडो चिन्ता भएझै प्रधानमन्त्रीको स्वास्थ्य को ब्याख्या गर्ने ?
विज्ञप्ति मा भनिएको छ … छिमेकि मुलुकबिच कुटनितिक, आर्थिक सम्बन्धलाई बलियो र सन्तुलित निति अपनाउनु को सट्टाअपरिपक्वता र असन्तुलित गर्ने … कत्ति पनि लाज नमानि यो शब्दहरु लेखिएको छ । यहाँ भारत सँग कम र चीन सँग बढि भन्ने तात्पर्य हो । परराष्ट्र मन्त्री प्रदिप ज्ञवली ले वारम्वार दुवै छिमेकि मुलुक सँग बराबरी को सन्तुलन कायम गर्ने नै अहिलेको सरकारका ेजिम्मेवारी हो भन्नुभएको छ । कालापानी, लिप्पियाधुरा र लिपुलेखलाई लिएर भारत सँग को सम्बन्धमा उतावचडाव आए पनि सम्बन्धमै आच नआएको कुरा केही पत्रीकालाई अन्तर्बार्ता दिने क्रममा पनि परराष्ट्र मन्त्रीले भनिसक्नु भएको छ । त्यस्तै गौतम बुद्ध र भगवान रामको जन्मलाई लिएर पनि खटपट भएकै हो । गौतम बुद्ध नेपाल कै हुन नेपालमै जन्मिएका हुन भनेर भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले नेपालको सम्सद मै भने पछि यो कुरो बारम्वार भारतिय नेताहरु बोल्नु पर्ने आवस्यक बिषय हैन र कसैले बोल्छ भने नेपालसरकारले प्रतिउत्तर दिनैपर्छ सम्बन्धकै लागि झुकेर, निहुरिएर, भारत को गुलामि गर्नै पर्छ भन्ने छैन । जनताको सरकार छ जनताका पक्षमा बोल्छ यो त गौरव को कुरो हो , यसैका कारण सम्बन्धनै बिग्रीयो भनेर बिष्लेषण गर्नु भारत परस्त निति अपनाउनु हो भारत को गुलामि स्वीकार गर्नु हो ।

त्यस्तै भगवान रामका बिषयमा केहिदिन यता भारतीय मिडियाहरु जोडतोड ले उफ्रीएका छन त्यसैलाई समर्थन गर्ने हेतुले यो शब्दहरुलेखिएको छ । अनुसन्धान हुदै छ, भगवान रामका बिषयमा भोलिका दिनमा प्रष्ट हुन्छ नै ।

यसर्थ कुन्ठित मानसिकताबाट बाहिर आई समग्र मुलुक निर्माणमा सरकार लाई सहयोग गरांै ।

प्रकाशित प्रेस विज्ञप्ति तुरुन्त फिर्तागरि माफि सहित सच्याइयोस ।

प्रतिक्रिया दिनुहोस