दाइजो नदिलाएको भन्दै श्रीमतीकाे हत्या गर्ने पक्राउ


धनगढी, २० वैशाख : कैलालीको गोदावरी नगरपालिका अत्तरिया बजारकी २२ वर्षीया रुकसरा कुरैसीको हत्या गरेको आरोपमा उनका श्रीमान् साहवे आलमलाई पक्राउ गरिएको छ ।

अत्तरिया बजारमा भाडामा बसेर राँगा–भैँसीको कारोवार गर्दै आएका आलमले माइती पक्षबाट दाइजो नदिलाएको भन्दै श्रीमती रुकसराको हत्या गरेको आरोप लागेको छ । रुकसराका बुबा इस्लाम अहमद कुरैसीले छोरीको घरपरिवारका सदस्यको मिलेमतोमा दाइजो नदिलाएको निहुँमा हत्या गरिएको आरोप लागएका छन् । रुकसराको माइती घर नेपालगञ्ज हो । घाँटीमा निल डाम र जिब्रोमा घाउ रहेको अवस्थामा आज प्रहरीले उनको शव फेला पारेको थियो । घटनाको अनुसन्धान गर्न रुकसराका देवरलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो । “दाइजो स्वरुप मोटरसाइकल र रु तीन लाख देउ भनेर घरमा हैरान पारे भनेर छोरीले फोन गरेकी थिइन”, रुकसराका बुबा कुरैसीले भन्नुभयो, “छोरीले फोन गरेको आधा घण्टापछि घरमै झुण्डिएर आत्महत्या गरेको भन्ने जानकारी दिइयो ।” रुकसराको हत्यामा घर परिवारका सदस्यको नै हात रहेको भन्दै कानूनी कारवाहीका लागि कुरैसीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको हो । मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल लगिएको छ । रुकसराको नौ महीना अघि विवाह भएको हो । भारतको नानपरा घर भएका आलम लामो समयदेखि अत्तरियामा मासुको व्यापार गर्दै आएका थिए ।
(रासस)

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई