म देश ड्राइभ गर्ने मान्छे हुँ, गुट चलाएर हिडने होइन : प्रधानमन्त्री ओली (भिडियोसहित)


काठमाडौँ, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश चलाएर हिडने, पार्टी चलाएर हिडने मान्छे हुँ गुट चलाएर हिडने होइन भन्नुभएको छ ।

अन्नपूर्ण मिडिया नेटवर्कको एपीवान एचडी टेलिभिजनमा बुधबारबाट सुरु भएको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ का लागि पत्रकार भूषण दाहाललाई अन्तर्वाता दिँदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, मेरो सम्पुर्ण प्रयास पार्टी मिलाउने, एकतावद्ध राख्ने,फुट हुन नदिनेतिर छ । हाम्रो पार्टी फुटदैन, पार्टी फुटाउन कसैले सक्दा पनि सक्दैन ।’

उहाँले पाँच दिनभित्र नेकपाको बिवाद समाधान हुने ठोकुवा पनि गर्नुभयो । भोलिबाटै काउन्ट डाउन सुरु गर्नाेस, पाँच दिनभित्र यस बिषयमा फेरि प्रश्न सोध्नुभए हुन्छ,भन्नुभयो ।

उहाँले सत्य, वास्तविकता, मुलुक र जनताको लागि आवश्यकताविरुद्ध कहिले पनि नलड्ने बताउँदै कसैको शक्तिको लागि भने कहिले पनि नझुक्ने बताउनु भयो ।

हेर्नुस भिडियो

प्रतिक्रिया दिनुहोस