मेलम्ची खानेपानी आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने


काठमाडौँ, २० वैशाख : लामो समयदेखि समस्याको उल्झनमा फसेको राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीलाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ । इटालीको ठेकेदार सिएमसीले अलपत्र छाडेको सो आयोजनालाई सम्पन्न गरी राजधानीवासीलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने सरकारले लक्ष्य राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्मा पेश गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने उल्लेख गर्नुभएको छ । सो खानेपानी आयोजनाको भौतिक निर्माण ९० प्रतिशतमाथि भए पनि निर्माण व्यवसायीले छाडेर हिड्दा थप समस्या पैदा भएको हो । कुन ढाँचमा कसरी आयोजना अगाडि बढाउने र सम्पन्न गर्ने विषयमा छलफल जारी छ । बुढीगण्डकी अगाडि बढाइने सरकारले आगामी आर्थिक वर्षभित्र राष्ट्रिय गौरवको अर्को आयोजना बुढीगण्डकीलाई समेत अगाडि बढाउने भएको छ । फ्रान्सेली कम्पनी ट्याक्टबेलले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको सो आयोजना सरकारले बनाउने वा विदेशी लगानीकर्ता खोज्ने भन्ने अन्यौलमा लामो समय बस्यो । पछिल्लो पटक वर्तमान सरकारले सो आयोजनाको उपयुक्त ढाँचा खोज्ने गरी एक चिनियाँ कम्पनीसँग छलफल गर्ने अख्तियारीसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई अख्तियारी दिएको थियो । कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनाका प्रभावितलाई हालसम्म रु २० अर्ब बराबरको मुआब्जा वितरण भइसकेको छ । केही स्थानमा मुआब्जा निर्धारण हुन नै बाँकी रहेको छ । उपयुक्त ढाँचाको खोज गरी सो आयोजनालाई निर्माण गर्ने विषयलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ । यस्तै आगामी चार वर्षभित्र सबैका लागि स्वच्छ ऊर्जा पहुँच पु¥याउने विषयलाई समेत सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । सरकारले उज्यालो नेपाल अभियानअन्तर्गत सबै नेपालीका घरघरमा बिजुली पु¥याउने निर्माणाधीन विद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन शुरु हुनु अगाडि प्रसारण लाइन निर्माण सम्पन्न गर्ने विषयलाई समेत कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै पूर्व–पश्चिम राजमार्ग र रसुवागढी–काठमाडौँ–वीरगञ्ज कोरिडोरमा ४०० केभी क्षमताका प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिइनेसमेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
(रासस)

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई