वासिङ्टनमा २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान गर्न निषेध गरिने


वासिङ्टन, २३ चैत: सुर्तीजन्य दुव्र्यशन घटाउन २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान गर्न निषेध गर्ने कानून ल्याउने विधेयकमा अमेरिकी राज्य वासिङ्टनले शुक्रबार हस्ताक्षर गरेको छ । यससँगै अमेरिकामा १८ बर्ष उमेर समूहभित्रका युवालाई लक्षित गरी लगाइएको रोक २१ बर्ष कायम गर्ने वासिङ्टन नवौँ राज्य भएको गभर्नरको कार्यालयले जनाएको छ ।


नयाँ कानून अनुसार वासिङ्टनमा सुर्तीजन्य पदार्थ खरिद गर्न पाउने न्यूनतम उमेर १८ बाट २१ भएको छ । यो विधेयकलाई वासिङ्टनको सिनेटले गत बुधबार सन् २०२० को जनवरी १ देखि लागु हुनेगरी पास गरेको हो ।

गभर्नर जय इन्स्लीले भन्नुभयो, “हामीले सूर्ती र निकोटिनसँग सम्वद्ध खतरालाई बुझेका छाँै । हामीलाई यो पनि थाहा छ कि हाम्रा बालबालिका दुव्र्यशनमा नफस्दै उनीहरूलाई धुम्रपानको कुलतबाट जोगाउन जति सजिलो छ त्यति धुम्रपान शुरू गरेका युवालाई सही ठाउँमा ल्याउन त्यति नै कठिन पर्छ । अझ उनीहरूलाई धुम्रपानका कारण क्यान्सर तथा अन्य रोग लागेपछि उपचार थप कठिन हुन्छ ।” गभर्नरले वासिङटनका महान्यायाधिवक्ता बोव फेगुसनको उपस्थितिमा विधायक, स्थानीय स्वास्थ्य अधिकारी तथा दजर्नाैँ विद्यार्थीको रोहबरमा वासिङ्टनको सवैभन्दा ठूलो शहर सिटलस्थित फ्रेड हचिन्सन क्यान्सर रिसर्च सेन्टरमा उक्त कानूनलाई वैधताका लागि हस्ताक्षर गर्नुभएको हो । यस प्रकारको कानूनको घोषणा गर्ने पहिलो अमेरिकी राज्य हवाइ हो भने यो कानून क्यालिफोर्निया, मेएन, म्यासाचुसेट, न्यू जर्सी, उताह, भर्जिनिया र ओरगन लगायतका ठाउँहरूमा लागु गरिएको छ ।धुम्रपान कानून सुधार विधेयकको कडा पक्षधर फेगुसनले भन्नुभयो, “पछिल्लो धुम्रपानबारेको कानूनले हजारौँ वासिङ्टनवासीलाई धुम्रपानका कारण अकालमा हुने मृत्यु तथा रोगबाट जोगाउनेछ ।”

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई