शेयर बजारमा पहिरो, १७ अंकले घट्यो नेप्से
काठमाडौँ, २२ वैशाख: एक हजार २ सय ९५ अंकबाट खुला भएको शेयर बजार आइतबारको कारोबार समाप्त हुँदा १६.७१ बिन्दुले झरि १२७७.६८ अंकमा बन्द भएको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८६ अंकले घटेर २७३.९६ अंकमा बन्द भएको छ।
दिनको कारोबार बन्द हुँदा १७५ कम्पनीका २३ लाख १२ हजार ५३० कित्ता शेयर रु ६५ करोड ३ लाख ४ सय ५४ मा खरिद बिक्री भएको छ। कारोबार तर्फ नेपाल बैंक लिमिटेड, प्रभु बैंक र शिभम सिमेन्टका शेयर क्रमस रु ६ करोड २९ लाख, रु ४ करोड ६४ लाख र रु ४ करोड ६३ लाख मुल्यमा कारोबार भई प्रथम, दोस्रो र तेस्रो स्थानमा रहेका छन।
मल्टीप्रपोज फाइनान्स कम्पनी, युनाइटेड फाइनान्स र शिभम सिमेन्टको शेयरमा क्रमस १० प्रतिशत, ४.७१ प्रतिशत र ४ प्रतिशतले बृद्धि भई शेयर मुल्य बृद्धि हुने कम्पनीहरुमा प्रथम, दोस्रो र तेस्रो स्थानमा रहेका छन।
त्यसै गरि चिलिमे जलविद्युत, अरुण भ्याली जलविद्युत र इभरेस्ट इन्सुरेन्स कम्पनीको मुल्यमा क्रमस ७.६२ प्रतिशत, ७.०१ प्रतिशत र ६.१७ प्रतिशतको दरले शेयर मुल्य ह्रास आई शेयर मुल्यमा ह्रास हुने कम्पनीहरु मध्ये क्रमस प्रथम, दोस्रो र तेस्रो कम्पनी भएको छन।