पक्की घर बनाउँदै राउटे


कुनै बेला जङ्गलमा झुपडी बनाएर जीवन निर्वाह गर्दै आएका लोपोन्मुख राउटे समुदायका नागरिक समाजमा घुलमिल भएसँगै सुविधातर्फ पनि ध्यान दिन थालेका छन् । भीमदत्तनगरपालिका–९ मटेनास्थित बैजनाथ सामुदायिक वनको खाली जमीनमा टहरा बनाएर बस्दै आएका फुना राउटेले दुई कोठे पक्की घर बनिरहेको भन्दै खुशी व्यक्त गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टको सांसद विकास कोषको रकमबाट राउटे परिवारलाई पक्की घर बनाउन लागेको वडा नं ९ का वडाध्यक्ष राम नाथले जानकारी दिनुभयो । मटेनामा एक दशकदेखि पाँच परिवार राउटे समुदाय बसोवास गर्दै आएका छन् भने भीमदत्तनगरपालिका–९ को खल्लागाउँमा तीन परिवार बस्दछन् । घर निर्माणमा खटिएकी फुना राउटेले टहरामा निकै कष्टपूर्ण दैनिकी गुजार्दै आएको बताउनुभयो । ‘‘अहिले पनि जङ्गलको काष्ठ सामग्री, जडीबुटी र गाउँघरमा मजदूरी गरेर जीविका चलाउँछौँ ।’ उहाँले भन्नुभयो,“हाम्रो बाच्ने आधार नै अहिले सरकारले दिने भत्ता भएको छ ।” वडाध्यक्ष नाथले राउटेको प्रतिव्यक्ति मासिक रु दुई हजारका दरले सामाजिक सुरक्षा भत्ता दिँदै आएको जानकारी दिनुभयो । ‘‘भत्ताबाटै रासन खरीद गरेर गुजारा गरिरहेका छन्’’ उहाँले भन्नुभयो,“अहिले त गाउँघरमा घुलमिल भएर काम पनि गरिरहेकै हुन्छन् ।” अहिले गाउँमा राउटे समुदायका बालबालिका स्कुलसमेत जान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई