राष्ट्रका अभिभावक केपी वलीप्रति सम्मान छ : राजु पहारी दर्शन


पितृ देवो भवः

मातृ देवो भवः

गुरु देवो भवः

अर्थात आमा , बुवा, गुरू सबै भगवान् हुन ।

आज लाखौका बुवाहरू विदेशमा छन । कति बुवाहरू कहालिलाग्दो घाम र पानीमा पसिनाले नुहाइरहेका छन । लाखौ छोराछोरीहरू बुवा आउने आशामा बाटो नियालिरहेका होलान ।

आज कुशेऔंसी अर्थात बुवाको मुख हेर्ने दिन । आजको दिन औंशी अर्थात अध्यारो रात, आजको दिनमा कुशलाई घरमा ल्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत गीता, गरुडपुराण ,यथर्व वेद र विष्णु पुराणमा समेत बर्णन गरिएको छ । हिन्दुधर्मको दैनिकी संस्कारहरू अत्यन्तै बैज्ञानिक छन, गिता र वेद नै आविष्कारका जननी हुन आधुनिकताको खोल ओढेर सनातन संस्कार उपर हमला गर्न खोज्ने वा गर्ने जमातले पनि अहिले सनातन संस्कार र व्यबहारिक पक्षलाई घनिभुत आत्मसात गर्न थालेका छन् । बिज्ञानले हिन्दुत्व लाई बिज्ञानको रूप पनि भनेको छ ।

हामि मध्य कतिका बुवाहरूले यो देशको बागडोर सम्हालि रहनु भएको छ । कतिका बुवाहरु मन्त्री हुनुहुन्छ , कतिका बुवाहरु सासंद हुनुहुन्छ, कतिका बुवाहरु मेयर, हाकिम, डाक्टर, पाइलट, इन्जिनियर र लाखौ बुवाहरूले कृषिको गरिरहनु भएको छ । जो जहाँ जसरि गरिरहनुभएको छ जुन भुमिकामा हुनुहुन्छ उहाँहरु लाई हार्दिक सम्मान सहित प्रणाम छ ।

यो लेख लेखिरहदा मैले पनि मेरो बुवालाइ सम्झिएको छु काठमाडौं देखि बर्दिया । मैले घरमा फोन लगाए फोन मेरो सानो बहिनिले उठाइन । बुवाआमा खै भनेर प्रश्न गरे उनले ( बहिनि) ले भनिन बुवाआमा खेतबारीमा जानु भएको छ । फेरि फोन गर्छु भनेर मैले फोनकाटे म भाग्यमानी छु मेरो बुवा आमा हुनुन्छ र म छोरो भएको छु ।
यो काठमाडौं मा बस्ने हैसियत मेरो बुवा आमाले नै बनाइदिनु भएको हो । यसमा कुनै प्रश्नचिह्न छैन र त म गर्वका साथ भन्न सक्छु मेरो बुवाआमा । सुत्न देखि उठ्नसम्म, बिहान देखि साझँसम्म , सिसाकलमदेखि आइफोन र ल्यापटपसम्म, बेलगाडा देखि कारसम्म आज जहाँ जसरी हिड्न डुल्न, घुम्न पाएका छौ त्यो श्रेयस्कर बुवाआमालाई नै जान्छ ।
यति लेखिरहदा मैले देशका पिता , यो देशको सबिंधानका निर्माता, मुलुकका एकमात्र आस्थाकाकेन्द्र,अदम्य साहसिक ब्यक्तित्व , प्रेणाका श्रोत प्रधानमन्त्री तथा विशाल पार्टि नेकपाका श्रद्धय अध्यक्ष केपि शर्मा वलीलाई सम्झिरहेको छु । हाल नेपालका पिता (बुवा) उहानै हो । सर्बमान्य नेता , सर्बमान्य युगपुरुष, सर्बमान्य राजनेता र नेपाल आमाका कर्मठ छोरा र हजारौँ बुवा बिनाका छोराछोरीका एक्ला सर्वमान्य बुवा नै केपि वली हुनुहुन्छ ।

त्यसै पनि वलिलाई केपि बा , केपि काका भनेर सम्बोधन गरेको बिभिन्न सामाजिक सजांलमा देख्न पाउछौ यो उहाँ प्रतिको अथाह माया, अथाह विश्वास नै हो । यति लेखिरहदाँ किन बुवा भनियो ? किन सर्बमान्य राजनेता वा रास्ट्रनायक भनियो भन्ने प्रश्न उठ्ला । यसको उत्तर अत्यन्त सहज र छोटो छ । भारतको नाकाबन्दी सामना देखि चीनसँगको सम्झौता, सयौँ रास्ट्रीय गौरवका आयोजनादेखि तुइन बिस्थापनसम्म, अधिक्रमित सरकारी जमिन देखि चुच्चे नक्सासम्म उहाँकै कारण सम्भव भएको हो ।

मरेर गएका नेपालीका सयौ आशाहरु ब्युताउनु भएको छ, विश्वसामु नेपालिको शिर उच्च बिन्दुमा छ । एक सार्वभौम सत्ता सम्पन्नमुलुकको रुपमा विश्वले हेर्ने दृष्टिकोणमा ब्यापक सुधार भएको छ । हामि छात्ति फुलाएर नेपालि हँु म नेपालको छोरो हुँ भन्ने भावनाको विकाश भएको छ । आज बुवाको मुख हेर्ने दिनलाई सामाजिक सजालहरुमा पनि ब्यापक स्थान दिइएको छ । त्यसमा हजारौँले केपिवलिलाई बा, रास्ट्रपिता, राजनेता, राष्ट्रनायक शब्दले सम्बोधन गरेका छन ।

तसर्थ राष्ट्रपिता ,यो देशका अभिभावक केपि शर्मा वली सँगै सम्पुर्ण बुवाहरु प्रति हार्दिक सलाम र उच्च सम्मान छ ।

प्रतिक्रिया दिनुहोस