तीन आतङ्ककारी मारिए

ट्युनिस, २२ बैशाख (रासस-सिन्ह्वा) – ट्युनिसियाको सिदी बाउजिद प्रान्तमा सुरक्षा फौजको कारबाहीमा तीन जना आतङ्ककारी मारिएका स्थानीय रेडियोले जनाएको छ । स्थानीय मोसाक एफएमले एक सुरक्षा स्रोतलाई उद्धृत गर्दै सुरक्षा कारबाहीमा तीन जना आतङ्ककारी मारिनुका साथै ठूलो परिमाणमा हातहतियार र बिस्फोटक पदार्थ बरामद गरिएको जनाएको छ । पहाडी इलाकाबाट तेल भर्न तल्लो भेगमा आएको बखत सुरक्षाकर्मीले उनीहरुलाई पक्राउ गर्ने प्रयत्न गरेको थियो । सुरक्षाकर्मीको गोली लागेर मोहमद र हाटेम बासडोउरी नामका दाजुभाइ मारिएका थिए ।