फेरि एकपटक जंगल जान सक्छु : नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि एक पटक जंगल जान सक्ने बताउनुभएको छ ।
आज आइतबार काठमाडाैँमा आयोजित ‘कार्ल मार्क्स २ सय १ जन्म स्मृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो ।
‘समृद्धि र समाजवाद : हामी कहाँ छौं’ शीर्षकमा सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो ‘ सम्पूर्ण चिज त्याग गरेर फेरि एकपटक जंगलमा जानु परे जान सक्छु।
उहाले अर्को प्रसङमा भन्नुभयो २ दिनभित्र पार्टी एकीकरणका बाँकि कामलाई पनि पूर्णता दिइन्छ, जनसंगठनहरुको एकीकरण र नेताहरुको जिम्मेवारी बाँडफाँडको काम पनि २ दिन भित्र सम्पन्न हुन्छ । अबको ८ महिना पार्टीका जिल्ला अधिवेशनहरु सम्पन्न हुन्छन ।
अध्यक्ष दाहालले पार्टी समाजवादी कित्तामा उभिएकाले त्यसैलाई वैचारिक आधार मानेर पार्टी निर्माणको बहसलाई व्यापक बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।