विमानमा आगो लागेपछी ४१ जनाको मृत्यु

काठमाडौं : रुसको मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको रुसी समाचार संस्थाले जनाएका छन्।
जसमध्ये ६ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ। ७८ जना यात्रुहरू रहेको जेट विमानबाट केही मानिसहरु निस्किएर भागेको प्रत्यक्षदर्शीले जनाएका छन्।