सङ्घीयता जोखिममा छ : नेता गगनकुमार थापा

नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले सम्पूर्ण अधिकार केन्द्रमै राखेका कारण सङ्घीयता जोखिममा परेको बताउनुभएको छ ।
सप्तरीको कञ्चनपुरमा आयोजित काङ्ग्रेसको क्षेत्रीय सम्मेलनमा उहाँले सम्पूर्ण अधिकार केन्द्रमै राख्ने, प्रदेश र स्थानीय तहलाई कुनै अधिकार नदिएसम्म सङ्घीयता नटिक्ने बताउनुभयो ।
नेता थापाले सङ््घीयता र गणतन्त्रको रक्षा गर्दै जनतालाई आर्थिक, सांस्कृतिक, राजनीतिक अधिकार दिलाउन अब काङ्ग्रेसले जनजागरण अभियान चलाउने उहाँले बताउनुभयो ।
नेपाली काङ्ग्रेस सप्तरीका जिल्ला सभापति दिनेशप्रसाद यादवले समृद्धिका लागि काङ्ग्रेसको नेतृत्व आवश्यक हुने दावी गर्नुभयो ।