साँझबाट सीमा नाका खुल्ने


नेपालगञ्ज, २३ वैशाख: भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ । तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थन्किएका छन् । भारतबाट औषधि उपचारका लागि गएका र रोजगारीबाट फर्किएका नेपालीलाई पैदल हिँडेर आउन दिइए पनि आज निर्वाचनको दिन पूर्णरुपमा आवागमन ठप्प हुने भारतीय सुरक्षा निकायले जनाएको छ । भारतको उत्तर प्रदेशमा वैशाख २३ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा समन्वय समितिको संयुक्त बैठकले शनिबार साँझ ६ बजेदेखि सोमबार २३ गते साँझ ६ बजेसम्म बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका बन्द हुने सहमति गरेको थियो । विन्दु कुँवरलाई सहयोग लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहनुभएका महिला विकास निरीक्षक विन्दु कुँवरलाई उपचार सहयोगार्थ रु पाँच लाख ५४ हजार आर्थिक सहयोग प्रदान गरिएको छ । विन्दु कुँवर उपचार सहयोगार्थ समितिले सङ्कलन गरेको सो रकमको चेक आज आयोजित कार्यक्रममा कँुवरलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणा र समितिका सहसंयोजक नमस्कार शाहले सो सहयोगको रकमको चेक कुँवरलाई प्रदान गर्नुभएको थियो । सोही अवसरमा उपमहानगरपालिका प्रमुख राणाले आफ्नो एक महीनाको तलबभत्ता बराबरको रु ५० हजारको चेक पनि कुँवरलाई हस्तान्तरण गर्नुभएको थियो । कँुवरले उपचार गर्दागर्दै आफ्नो सबै सम्पत्ति सकिएको उल्लेख गर्दै अन्तमा आएर सहयोगका लागि सहयोगार्थ समितिको साथ लिनुपरेको बताउनुभयो । बाँकेको महिला तथा बालबालिका कार्यालयमा लामो समय काम गर्नुभएकी कँुवर हाल महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा कार्यरत हुनुहुन्छ । कुँवर पाठेघर, बोन क्यान्सरबाट पीडित भई उपचार गराइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई