इजरायल र प्यालेस्टाइन बिचमा युद्धविराम


गाजा सिटी, २३ वैशाख: प्यालेस्टाइनी नेताहरु इजरायलसँग युद्धविरामको लागि सोमबार सहमत भएका छन् ।

दुई दिनसम्म जारी भीषण हिंसापछि युद्धविराम सम्झौताको लागि सहमति भएको जनाइएको छ । सो युद्धविरामको शर्तमा गाजातर्फबाट रकेट आक्रमण र इजरायलतर्फबाट हवाई आक्रमण रोकिनु पर्ने गाजामा रहेका एएफपीमा समाचारदाताले बताएका छन् । इजिप्टको नेतृत्वमा भएको यस युद्धविराम सम्झौता स्थानीय समयअनुसार सोमबार बिहान ४ः३० बजेबाट लागू हुने भनिएको छ । इजरायल र प्यालेस्टाइनबीच भएका सन् २०१४ पछिका द्वन्द्वहरुमा हाल जारी यो हिंसा नै भीषण रुपमा देखिएपछि युद्धविराम सम्झौता भएको बताइएको छ ।

इजरायल र प्यालेस्टाइनबीच दुई दिनसम्म जारी यस हिंसामा कम्तीमा २३ प्यालेस्टिनी मारिएका छन् । हवाई आक्रमणको क्रममा मारिएका ती प्यालेस्टाइनीहरुमा नौ जना आतङ्ककारी रहेका बताइएको छ । त्यसगरी इजरायलतर्फ पनि कम्तीमा चार व्यक्ति मारिएका र तीमध्ये तीन इजरायली रहेका थिए इजरायलले दुई दिनसम्म जारी राखेको हवाई आक्रमणमा परी गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनी प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीले दाबी गर्नु भएको थियो । प्यालेस्टाइनी आतङ्ककारी समूहले गाजातर्फबाट ४३० भन्दा बढी रकेट प्रहार गरेको इजरायली सेनाले दाबी रहेको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार गाजापट्टिका आतङ्ककारीलक्षित थप हवाई आक्रमण गर्न सेनालाई आदेश दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई