छायाँ सरकारको प्रधानमन्त्री पदमा किचलो


काठमाडौं, २४ बैशाख: नेपाली कांग्रेसले सरकारको निगरानी र अनुगमनको लागि गठन गर्ने भनिएको छायाँ सरकारको नेतृत्व कस्ले गर्ने भन्नेमा पार्टी भित्रका गुटका बिच विवाद श्रृजना भएको छ।

२०७५ मंसिरमा सम्पन्न भएको आम निर्वाचनको समीक्षा गर्न बसेको नेपाली कांग्रेसको संसदीय दलको बैंठकले प्रतिपक्षमा रहेर प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेसँगै सरकारका काम कारवाहीको सुक्ष्म निरीक्षण र अनुगमन गर्नका लागि छायाँ सरकार गठन गर्ने निर्णय पनि गरेको थियो। तर, नेकपा सहअध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएको १५ महिना बितिसक्दा पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले छायाँ सरकार गठन गर्न भने सकेको छैन।

डण्डा र झण्डा नपाउने भए पनि छायाँ सरकारको मन्त्री हुनका लागि कांग्रेस सांसदहरुमा तछाड मछाड चलेको कारणले गर्दा सभापति शेर बहादुर देउवालाई छायाँ सरकार गठन गर्न हम्मे हम्मे परेको छ। केही समय अगाडि कांग्रेस संसदीय दलको बैंठकले छायाँ सरकारमा सहभागी हुन् इच्छुक सांसदले आफुले इच्छाएको मन्त्रालय समेत उल्लेख गरेर निवेदन दिन आह्वान गरेको थियो।
एउटा मन्त्रालयका लागि पाँच वटासम्म निवेदन परेपछि सभापति देउवालाइ छाँया सरकार गठन गर्न अफ्ट्यारो परेको स्रोत बताउँछ।

साथै छायाँ सरकारको नेतृत्व कस्ले गर्ने भन्ने सम्बन्धमा नेपाली कांग्रेसमा चर्को विवाद रहेको स्रोत बताउछ। रामचन्द्र पौडेल र कृष्ण सिटौला छाया सरकारको नेतृत्व नयाँ पुस्ताका नेतालाई दिएर कांग्रेसले नेतृत्व हस्तान्तरणको सन्देश आम जनतामा दिनुपर्छ भन्ने मत राखिरहेका छन भने सभापति देउवा भने छायाँ सरकारको नेतृत्व पनि आफैले गर्ने पक्षमा रहेको स्रोतले बतायो। यिनै विविद कारणले गर्दा पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अहिले सम्म छायाँ सरकार गठन गर्न सकेको छैन। (यो समाचार साघुँ साप्ताहिक बाट लिइएको हो)

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई