पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प


वासिङटन, २४ बैशाख: पपुवा न्यु गिनीमा सोमबार ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।

स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको १ सय २७ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको युएसजिएसले जनाएको छ । युएसजिएसका अनुसार राजधानी पोर्ट मोरेसबाइमा पनि महसूस गरिएको छ । यस भूकम्पपछि धनजनको क्षति सम्बन्धी कुनै पनि समाचार प्राप्त भएको छैन । यस भूकम्पपछि सुनामीको कुनै सूचना पनि जारी गरिएको छैन । पपुवा न्यु गिनीमा केही समयकै अन्तरालमा यो दोस्रो शक्तिशाली भूकम्प आएको हो ।

प्रतिक्रिया दिनुहोस  
मोरक्कोमा शक्तिशाली भूकम्प, कम्तीमा २९६ जनाको मृत्यु

मध्य मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा २९६ जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला

अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई