भारतीयले नागरिकता नपाओस् भनी निगरानी


पश्चिमी पर्साको जिराभवानी गाउँपालिका–४ सुपौलीमा रहेको इलाका प्रशासन कार्यालयमा वंशजको नागरिकता लिनेको भीड लागेको छ । यही भिडको फाइदा उठाएर भारतीय नागरिकले नक्कली नागरिकता नलेउन भनेर सुपौलीवासीले निगरानी बढाएका छन् । विसं २०६३ मा तत्कालीन जनप्रतिनिधिले मोटो रकमको चलखेल गरी भारतीयलाई नक्कली नागरिकता दिलाएको स्मरण गर्दै सुपौलीका रामप्रवेश राउत थारुले भन्नुभयो, “अहिलेका जनप्रतिनिधिले समेत आर्थिक प्रलोभनमा परेर कुनै भारतीयलाई नेपाली बनाएर नक्कली नागरिकता नलेओस भनि हामीले निगरानी बढाएका छौ ।” सरकारले जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तानलाई वंशजको नेपाली नागरिकता दिने निर्णय गरेपछि गाउँपालिकाको वडा नं ४ सुपौलीमा रहेका इलाका प्रशासन कार्यलयमा नागरिकता लिनेको भीड बढेको छ । माध्यमिक शिक्षा परिषद (एसइई) भर्खरै सकाएका युवायुवतीले पनि नागरिकता बनाइ रहेकाले भीड बढेको छ । प्रदेश नं २ सरकारले महिलाका लागि विभिन्न योजना ल्याएकाले उनीहरुपनि नागरिकता लिन इलाका प्रशासन कार्यालय पुग्ने गरेका छन् । जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तानलाई वंशजको नागरिकता दिन सरकारले ताकेको कागजी प्रक्रियामा कडाइ गरिएको प्रशासकीय अधिकृत गोविन्दप्रसाद भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय वा गलत व्यक्तिले नागरिकता नपाउन भनेर हामीले सतर्कता अपनाएका छांै ।” उहाँले सबै प्रक्रिया पूरागरी आएका फाइललाई दर्ता गरी टोकन प्रणाली अन्तर्गत १५ दिनपछि नागरिकता दिने गरिएको बताउनुभयो । इलाका प्रशासन कार्यालय सुपौलीबाट गत चैत २५ यता आइतबारसम्म २० ले वंशजको आधारमा नागरिकता पाएका छन् । जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तानलाई वंशजको नेपाली नागरिकता दिन थालिएको हो । जिराभवानी, जगरनाथपुर, पटेर्वा सुगौली र ठोरी गाउँपालिकालाई हेर्ने गरी २०७५ पुस ११ गते स्थापना भएको इलाका प्रशासन कार्यालयमा गत शुक्रबारसम्मा ८० नागरिकता लिनेको फर्म दर्ता भएको जनाइएको छ । नागरिकता लिन आउनेहरुको बाबु र आमाले जन्मको आधारमा नागरिकता लिएको छ छैन सो पुष्टी गर्न बाबु र आमाको नागरिकता जिल्ला प्रशासन कार्यालय पर्सामा पठाइने गरिन्छ र रुजु भई आएपछि मात्र नागरिकता दिने गरेको प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो । इलाका प्रशासन कार्यालय सुपौलीबाट दैनिक एक सय भन्दा बढीले नागरिकताको लागि निवेदन दिने गरेकाले भीड बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई