गाउँ–गाउँमा कृषि सडक, खेतीयोग्य जमीन बाँझै


चितवनको पहाडी ग्रामीण भेगमा कृषि सडक विस्तारको कामले तीव्रता पाएको छ । ग्रामीण भेगमा पातलो बस्तीका कारण बजार आवतजावत गर्ने मानिसको सङ्ख्या भने कमै हुन्छन् । गाउँमा सडक पुगे पनि स्थानीयको जीवनस्तर उकास्न र सडकमा नियमित सवारी गुड्नलाई कृषिजन्य वस्तु उत्पादन आवश्यक छ तर गाउँमा खेतीयोग्य जमीन भने बाँझै छन् । जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–३ ले आर्थिक वर्ष २०७५÷७६ को आवधिक योजनाको समीक्षा र ०७६÷७७ को भावी योजनाबारे आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कृषक शिव पौडेलले गाउँ–गाउँमा कृषि सडक निर्माणको काम तीव्र भई रहे पनि खेतीयोग्य जमीन बाँझै रहेकाले व्यावसायिक खेतीतर्फ किसानलाई प्रोत्साहित हुने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । सरकारले दिने अनुदानमा वास्तविक किसानसम्म नपुग्ने भएकाले व्यवसायी खेतीतर्फ किसान आकर्षित नभएका उहाँको तर्क छ । गाउँमा सडक पुगेपछि केही पैसावाल व्यक्तिले गाउँका खेतीयोग्य जमीन किनेर बाँझै राख्ने गरेको पौडेलले बताउनुभयो । गाउँमा सडक पुगे पनि स्थानीयको जीवनस्तर नफेरिएको उहाँको भनाइ छ । गाउँ–गाउँमा सडक विस्तारसँगै कृषकलाई व्यवसायी खेतीतर्फ आकर्षित गर्न कृषिमा आधुनिकीकरण गर्नुपर्ने अर्का किसान विष्णुप्रसाद सापकोटाले बताउनुभयो । साना किसान कृषि सहकारी कुरिनटारका अध्यक्ष नरबहादुर नेपालले पनि समग्र गाउँपालिकाको समृद्धिका लागि कृषिमा जोड दिनुपर्ने बताउनुभयो । अन्य सहभागीले पनि किसानले उत्पादन गरेका वस्तुले उचित मूल्य नपाएका कारण पनि कृषितर्फ आकर्षित नभएको बताएका थिए । उनीहरुले सडक निर्माणसँगै कृषकलाई अनुदान र तालीम दिई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । गाउँमा पर्याप्त मात्रामा बजारसम्म लैजाने कृषिजन्य वस्तु उत्पादन नहुँदा नियमित सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । इच्छाकामना गाउँपालिकाको ग्रामीण भेग तरकारी तथा फलफूलका खेतीका लागि उर्वरभूमि मानिन्छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई