शेयर बजारमा गिरावट


सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक ३.६८ बिन्दुले घटेर एक हजार २९७.६० बिन्दुमा पगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१७ बिन्दुले घटेर २७८.०७ बिन्दुमा पुगेको छ । आज १७५ कम्पनीका १९ लाख सात हजार ७८३ कित्ता शेयर रु ५० करोड ७९ लाख ३४ हजार ९१९ मा खरीद बिक्री भए । नेप्से परिसूचक घटेसँगै कारोवार रकम मङ्गलबारको तुलनामा घट्यो । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मात्र बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ । व्यापार २.७, उत्पादन ६९.२२ र अन्य उपसमूहको शेयर ३.५८ अङ्कले बढेको छ । त्यसैगरी बैंकिङ ५.८३, होटल ३२.९९, विकास बैंक ७.४१, जलविद्युत् १७.२, वित्त १.८१, निर्जीवन बीमा १४.५६, लघुवित्त ४.९५ र जीवन बीमा ०.१८ बिन्दुले घटेको छ । घटेको बजारमा आज हिमालय डिस्टिलरीका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै नवील इक्विडी फन्ड ४.९६, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड ४.११, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड ३.९४ र बोटलर्स नेपाल (तराई) लिमिटेडका शेयरधनीले ३.८१ प्रशितले कमाए । मल्टीप्रपोज फाइनान्स कम्पनी लिमिटेडका शेयरधनीले ९.५५, तारागाउँ रिजेन्सी होटल लिमिटेडका शेयरधनीले ४.८१, पाँचथर पावर कम्पनी लिमिटेडका शेयरधनीले ४.६२, फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले ४.१९ र सिन्धु विकास बैंकका शेयरधनीले ३.७० प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई