‘ बिपतिको सामना गरिरहेका बालबालिका ‘


दिपेन्द्र कुमार बि.सि

@DipendraBCDipu3

(लकडाउनमा बालबालिकामाथि अत्याचार, अपराध, बलात्कार, यौन तथा श्रम शोषण जस्ता घटना घटदापनी हामी  किन मौन? के बिपत्ति भनेकै अधिकारहरु गुम्नु, कर्तव्यहरु बिर्सनु, दुर्व्यबहार खपेरमात्रै बस्नु हो त?)                            

 बिपत्ति! जुन आपतकालीन संकट हो। जसले मानवजाती तथा अन्य जीवको दैनिकी तथा अस्तित्वमा असहजता,असुरक्षा र अशान्ति प्रकट गरि कष्टकर र पिडादाएक प्रस्थिती खडा गरिदिन्छ। त्यस्तै मानवजातिको जीवन अस्तित्व र दैनिकीलाई अस्तव्यस्त बनाउन, २०१९ डिसेम्बर ३१ मा चिनको वुहानबाट सर्वप्रथम देखापरेको कोरोना भाइरस अनियन्त्रित भएर विश्वभर महामारीको रुपमा फैलियो। जसले कोभिड19 को  नामाकरण पायो र मान्छेको स्वास्थ्यमा श्वासप्रश्वासको समस्या, उच्चज्वोरो, रुघाखोकी जस्ता लक्ष्यण देखापरि जीवन मृत्युबिचको लडाइँमा पुर्यायो। मान्छेमा रोगको डर, त्रास उतपन्न गराएर,  दैनिकीहरुलाई थप्प पारेर, साहाराका आधारहरुलाई छिचोलेर, शारीरिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा मानसिक समस्याहरु खडागरि  महाबिपत्तिको रूपमा रुपधारण गर्‍यो। बिश्व स्वास्थ्य संगठनको अवधारणालाई  अपनाउदै बिश्वका अधिकांश राष्ट्रहरुले कोभिड19 को संक्रमण फैलन नदिनलाई तथा संक्रमण दर घटाउनलाई लामो समय सम्म लकडाउन घोषण गर्नुपर्यो। सुरु सुरुमा रोगलाई धेरै भ्रम र त्रासपुर्ण रुपमा नागरिकले लगेतापनी अहिले धेरै मान्छे कोरोना विरुद्ध माक्स, दुरि व्यवस्थापन, साबुनपानीको प्रयोग तथा स्यानिटाइजरको प्रयोगलाई ध्यान दिदैँ दैनिकी चलाई रहेकाछ्न। तर कोरोना संक्रमण दर भने उच्च नै छ। बिश्वका विभिन्न राष्ट्रले लगाएको लामो समयसम्मको लकडाउनले उद्योगधन्दा, व्यपार, बिकास निर्माणका कार्य, निजि तथा सामुदायिक क्षेत्रका गतिविधिहरु बन्द भए। जसका कारण बिश्वभरका दैनिक काम गरि खाने श्रमजीवी तथा मजदुरबर्गहरु रोजगार बिहिन भए। जसले दैनिकी टार्न तथा घरपरिवार, छोराछोरी पाल्नलाई कठिन प्रस्थितीको सामना गर्नुपर्ने स्थिति बन्यो। सरकारि कर्मचारीहरु बाहेक अन्य क्षेत्रका रोजगारवाला कर्मचारीहरुमा आर्थिक मन्दी देखा पर्यो। आर्थिक आयका गतिविधिको थप्पजनक प्रस्थितीले प्रत्येक्ष मारमा रोजगारमा आबद्ध युवायुवतीहरु परे पनी बिशेष मारमा दोस्रोको कमाइमा भरपर्ने, आफैमा आत्मनिर्भर नरहेका बालबालिका र जेष्ठ नागरिकहरु परेकाछ्न्। बिद्यालय, क्याम्पस, बिश्वबिद्यालय बन्द हुँदा उज्ज्वल भबिस्य बोकेका तमाम बालबालिका तथा विद्यार्थीहरु घरमै कोभिड 19को डर र त्रासमा थुनुवा हुनपुगेका छन्। हिजो सानोतिनो रोजगार पाएको अवस्थामा बालबालिकाहरुलाई कसरी पढाउने, कसरी ठुलो मान्छे बनाउने? सपना बोकेका अभिभावकहरुमा आज रोजगारि गुम्दा घरधन्दा कसरी चलाउने, सन्तानहरुलाई कसरी पाल्ने, कसरी रोगबाट बचाउने? जस्ता चिन्ताले छोएको छ।                 

आफ्ना अभिभावकहरुको रोजगारी गुम्दा घरधन्दा चलाउन परिवारमा आर्थिक संकट चरम रूपमा देखापर्दा धेरै बालबालिकाहरु निराशाजनक भएकाछन्। केहि बालबालिकाहरु आर्थिक आम्दानीको  विकल्पको खोजीमा पनि लागिपरेका छन्। मैले देखेको एक बास्तबिक घटना म बलियो उदाहरणको रूपमा उल्लेख गर्न चाहान्छु। सन् २०२० सेप्टेम्बर १ को दिउँसो १२ बजेतिर म टुइटरमा टुइटहरु पढिरहेको थिए। एकजना एस्लि टुइटर नाम भएको, सुन्दर किशोरीको तस्बिर भएको हेण्डल बाट मलाई फल्वो संगै अंग्रेजीमा मेसेज आएको थियोे। हाम्रो कुराकानी अंग्रेजी भाषामा भएको थियोे। यहाँ नेपालीमा अनुबाद गरे, “हाइ डिएर, म एस्लि। फ्लोरिडाको टम्पा सहरबाट, हामी  टुइटरमा साथी बनेका छौँ। के म तपाईको बारे जानकारी पाउन सक्छु?”  म अरुसंग चिन्जान गर्न पाउँदा खुशी हुने मान्छे यो मेसेज देख्नासाथ, मैले पनि रिप्लाई गरे र लेखे। “हाई फ्रेन्ड, म दिपेन्द्र, नेपालको सुर्खेतबाट, खुशी लाग्यो तपाईसंग चिन्जान गर्न पाउदाँ, तपाईको बारे थप्प जान्न सकिन्छ कि?” भनेर मैले सोधेको थिए। उताबाटा “हुन्छ सोधनुहोस” भनेर रिप्लाई आएपछि मैले सोधे “तपाई के गर्नुहुन्छ?” जवाफ थियो। “म कानुनको विद्यार्थी हुँ। म पहिले वालमार्ट को जागीर गर्थे। कोभिड 19 को  महामारीको प्रभावले म अहिले बेरोजगार छु। तपाई के गर्नुहुन्छ नि?” मैले रिप्लाई गरे, म पनि ब्याचलर लेभलको बिद्यार्थी हुँ। अहिले कोभिड 19 को प्रभावले अन्लाईन मार्फत कक्षा लिइरहेको छु। गाउँको घर छोडेर सहरमा घरभाँडामा बसेको छु।” भन्दै मैले फेरि अर्को प्रश्न सोधे, “तपाई कति बर्षको हुनुभयो?” रिप्लाई आएको थियोे। “म १७ बर्षको भए।” साथै फेरि अर्को  मेसेज आएको थियोे। “के तपाई संग क्यास एप्प छ?”  साँच्चिकै मलाई क्यास एप्प बारे कुनै जानकारी पनि थिएन्। फेरि उताबाट अर्को अचम्मको मेसेज आयो, “डियर,क्यास एप डाउनलोड गर्नुहोस। त्यहाँ मेरो सेक्सी फोटो र सेक्सी भिडियो डलरमा किनेर हेर्न सक्नुहुन्छ।” भनेर ठेगाना पनि उल्लेख गरिएको थियोे । म अक्क न बक्क भए। मैले उहाँबाट यस्तो म्यासेजको कल्पना गरेको थिएन। एक छिन मौन भए।  म्यासेज गरे “डिएर फ्रेन्ड, म संग क्यास एप छैन। म तपाईको सेक्सी फोटो र भिडियो हेर्न चाहान्न, बरु मेरो एक जिज्ञासा छ। नरिसाएर जवाफ दिनुहोला। किन तपाई यो उमेरमा आफ्नो  सेक्सी फोटो र भिडियो बेच्न चाहानुहुन्छ?” उताबाट म्यासेज आएको थियोे। “कोभिड19 को कारण भएको एउटा जागीर पनि गुम्यो। मेरा अभिभावकहरुको पनि जागीर गुम्यो। अहिले मलाई पैसाको अत्यन्तै अभाव हुँदा। म मेरो सेक्सी फोटो र सेक्सी भिडियो बेचेर पैसा कमाउने बाटो रोजेको छु।” मैले सोधे “यस्तो तवरले भन्दा अन्य सकारात्मक तवरले पनि त आर्थिक संकट ट्रथ्यो कि? मेरो प्रश्नको उताबाट जवाफ आएन। सायद उनले मलाई स्पष्टीकरण दिनु आवस्यक पनि ठान्निन होला। मैले थप म्यासेज गर्न पनि चाहेन। यो बिपत्तिमा सामान्य रोजगारि गुमेका धेरै मान्छेलाई ज्युज्यान पाल्न मुस्किल परेको छ। रोजगारका धेरै अवसरहरु गुमेका छन भनेर मैले बुझे। अभिभावकको बेरोजगारिले आर्थिक अभाव देखापर्दा, यसरी बालबालिकाहरु आर्थिक संकटलाई टार्न आफ्नो इच्छा, चाहाना, श्रम देखि शरीरलाई समेत बन्दकी राखेका छन्। यो एक बालिकाको वास्तविक भोगाइ भएपनि बिश्वभरीका धेरै बालबालिकाहरुले   भोगिरहेको पिडाको प्रतिनिधित्व गर्दछ।           

अन्तराष्ट्रिय स्तरमा अन्तराष्ट्रिय बाल महासन्धि १९८९ का अनुसार १८ बर्ष भन्दा कम उमेर समुहका र नेपालमा बाल ऐन २०४८ का अनुसार १६ बर्षभन्दा कम उमेर समुहका व्यक्तिहरुलाई बालबालिका भनिन्छ। बालबालिकाहरुले बाल महासन्धि १९८९ तथा बाल ऐन अनुसार पाउनुपर्ने सम्पुर्ण हक अधिकारलाई  बालअधिकार भनिन्छ। स्वतन्त्र पुर्वक बाँच्न पाउनु, खान पाउनु, बस्न पाउनु, लाउनपाउनु, शिक्षा,स्वास्थ, शान्ति, सुरक्षा, मनोरञ्जन आदि बाल ऐनले निर्देशित सम्पुर्ण हकहरु बाल अधिकार भित्र पर्दछन। बालबालिकाको इच्छा तथा चाहाना बिपरित काहिँ कतै दबाब दिएर निर्देशित गर्दै बालबालिकाहरुलाई प्रयोग गर्न मिल्दैन। बालबालिकाले पाउनुपर्ने अधिकार नपाएमा बाल अधिकार हनन भएको ठानिन्छ। नेपालमा कोभिड १९ को विपत्तिमा बालबालिका माथी श्रम, यौन तथा मानसिक शोषण गरिएको छ। बिद्यालयहरु बन्द हुँदा बालबालिकाहरु लकडाउनमा चौबीसै घण्टा अभिभावक संगै बस्नुपर्ने स्थिति रह्यो । अभिभावकहरुको पनि रोजगारका क्षेत्र बन्द हुँदा घरमा बालबालिका, परिवार संगै साथमा हुनुपर्यो। अभिभावकले यस बिपत्तिमा बालबालिकालाई खुशी पार्ने, घर भित्र मनोरञ्जन दिने, ठाउँमा उल्टै दबाब दिएर आफ्नो नियन्त्रणमा राख्न खोजेकाछन्। परिवारका सबै सदस्यहरु घरमाई हुँदा, बालबालिकाहरुको इच्छाको कुनै सम्बोधन नगरि, अभिभावकहरु आफू अनुकुल  जतिबेलापनि टिभिमा कार्यक्रम हेर्ने, मोबाइल चलाउने, ग्याम खेल्ने मनोरञ्जन लिने बालबालिका संग कुराकानी नगर्ने। उनिहरुलाई खाली पढ मात्र भन्ने, दबाब दिने गरियो। टिभी, मोबाइल हेर्न दिएपनि उनीहरुको इच्छालाई सम्बोधन नगरी आफ्नो चाहानाको कार्यक्रम मात्र हेर्ने गर्नाले बालबालिकाले पाउनुपर्ने अधिकारको हनन कतै अभिभावक तथा, घरकै अग्रज सदस्यहरु बाटै त भएको छैन नि? भन्ने प्रश्न उठछ।  दिनमा पहिले २/३ घण्टा काटुन हेर्नपाउने  बालबालिकाले अहिले दिनमा आधा घण्टा त्यही पनि रोइकराई धौधौ काटुन हेर्न पाउने गर्छन्। त्यस्तै साथीहरू संग खेल्न नदिने, खाली कोरोनाको त्रास मात्र दिने, त्रासपुर्ण समाचार सुनाउने र डर लाग्दा कुराकानी गर्ने गर्नाले बालबालिकामा मानसिक तनाव बढेको पाइएको छ। केहि बालबालिकाले आत्म हत्या गर्न कोशिस गरेका, केहिले आत्म हत्या नै गरेका घटना पनि सुनिएका छ्न।                 

मैले लकडाउनको अवधीमा गाउँ र सहरमा लामो समयसम्म बस्दा बालबालिकाको स्थिति बारे धेरै अध्यन र अनुभव गर्न पाएको थिए। बिद्यालय बन्द हुँदा गाउँ, समुदायमा धेरै बालबालिकाहरु श्रम शोषणमा परेका छ्न। लकडाउनको पहिलो अवधि चैत, बैशाख र जेष्ठ माहिनामा भारतमा मजदुरी गर्न गएका अभिभावक घर फर्किन नपाउँदा, अन्नबाली स्याहारन देखि मकै, कोदो जस्तो बर्षे खेती छर्नलाई बारि खनजोत गर्ने भार बालबालिकाहरुमा पर्यो। मेलापर्म्मा खटाउने कार्यमा  बालबालिकाहरुलाई घरका अभिभावकहरुबाट धेरै प्रयोग गर्नथालियो । गाउँघरमा श्रमको ऐंचोपैँचो, पर्म तिर्न खटाउदा बालबालिकाको शक्ति तथा सामार्थ्य भन्दा बढी श्रम गर्न लगाएर, गह्रौ भारी बोकाएर श्रम शोषण पनि गरियो।असार, श्रावणमा रोपाइँ चल्दा  (१२ – १६ ) बर्ष उमेर समुहका बालबालिकाहरुलाई मेला पर्ममा अभिभावकको आदेशले लगाइयो। यो समयमा धेरै बालबालिका आफ्नो, छिमेकीको खेतालो, रोपारो बन्न पुगे। कोरोनाको कहरले श्रम नगरी नहुने कर्तव्य भएपनी दबाब दिएर चाहाना बिपरित क्षमता भन्दा उच्च श्रममा खटाइयो। मेरै छिमेकी १५ बर्षिय भाइको एक महिना लगातार खेतालोको कारण खुट्टा पाकेर, चोटपटक लागेर घिनाएका, पागेका पनि प्रत्येक्ष देखेको थिए। गाउँकि एक १४ बर्षिए बहिनी गह्रौ घाँसको भारी बोक्दा (गानो गएर) मेरुदण्डको नशामाथीको भारका कारण  ढाड दुखाइले १५ दिन थला परेकि पनि थिन्। त्यस्तै गोठालो, भरिया,खेतालो बनाएर धेरै मात्रामा बालबालिकाहरु श्रम शोषणमा अन्जान तथा जानबुझं रुपमा परेकाछन्। श्रम त सबैले गर्नुनैपर्छ तर गर्न नसक्ने श्रममा कसैलाई खटाउनु हुन्न। बाल अधिकार हनन गरेमा कानुन बमोजिम कार्वाही पनि हुन्छ। यो महामारीको बिपत्ति भएरै होला न बालबालिकाले बोले, न अभिभावकले सोचे, न बाल अधिकारकर्मिहरुले नै आवज उठाए? यसलाई सबैले स्वभाविक रूपमा लगे। कोरोना महामारीले लकडाउन लागेको छ। कोहि कसैले थाहापाउँदैनन, मुद्दामामिला चल्दैन भनेर नै कतिपय गाउँ समुदायमा बालविवाहहरु भए। बालबालिकाले अधिकार मात्र हैन कर्तव्य पनि भुले। रुकम हत्याकाण्ड पनि लकडाउनमा बालविवाह गरे कुनै मुद्दामामिला र झमेला नहुने गलत सोचको एक प्रकाष्ट नै थियोे। केटा पक्षले केटीपक्षको उमेर विवाह गर्न नपुगेको थाहापाउदा पाउँदै पनि उमेर नपुगेकी १७ बर्षिय बालिकालाई भगाउने योजना बुनियो। जसले गलत प्रस्थिती निम्ताएर दु:खद घटना घटन पुग्यो। कानुनले नै २० बर्ष उमेर नपुगी गरिने विवाह बालविवाह हो। २० बर्ष नपुगी विवाह गरेको थाहापाएमा संलग्न व्यक्ति देखि भोजभतेर खानेहरुलाई पनि कानुन बमोजिम  कार्बाही गर्न मिल्छ। उमेर नपुगेर नै बिबाह हुननसकेका धेरै बालबालिकाको प्रेम जोडिले लकडाउनमा वैवाहिक जोडीको रूपमा पुर्णता प्राप्त गरेकाछ्न्। मर्ने हो कि बाँच्ने हो ? अत्तोपत्तो छैन। विवाह गरौ भनेर धेरै किशोर किशोरीहरु भ्रममा परी भागेर समेत  विवाह गरेकाछन्। केहि अभिभावकहरुले नै बालबालिकाहरुलाई घरको कामधन्दा गर्न सजिलो हुने, भोजभतेर नि गर्नुनपर्ने भन्दै बिबाह गराइदिइएका छन्। आफ्ना इष्टमित्र, गाउँघर, अधिकारकर्मी, प्रहरी कसैलाई जानकारी नभएर विवाह भएका तथ्य धेरै छन। अहिले धेरै बालबालिका बिबाहित जोडि भएर घरधन्दा समालि रहेकाछन्। यसले भोलिको दिनमा मातृशिशु मृत्युदर, सम्बन्ध बिच्छेदको दर बढ्ने संकेत पनि गर्छ। बालविवाहको दर लकडाउनमा हुवातै बढेको छ। केहि विवाहहरु कसैलाई थाहानभएर हुँदा सार्वजनिक भएका छैनन्। यो समयमा बालविवाह सम्बन्धि तथ्यको अध्यन र खोजनितिमा सरकारवाला लाग्नु अति आवश्यक छ।             

पहिले दैनिक कामकाजमा व्यस्तहुने युवाहरु कोभिड 19ले बेरोजगार भएपछि सधै कोठामा बसिरहँदा, जाँड रक्सी नसाको अत्याधिक प्रयोग गर्ने हुँदा, उनीहरुको नकारात्मक सोच र कार्यले केहि अपराधीक गतिविधिहरु बढेका छन। घर,टोल छिमेकका बालबालिकालाई फासाएर जबर्जस्तिरुपमा बलात्कार गर्ने, यौन शोषण गर्ने जस्ता अपराधपनि हुनपुगेका छ्न। आर्थिक आएको क्षेत्र गुम्दा केहि समुदायका युवायुवतीहरु चेलीबेटी बेचबिखनका दलाली बनेर बालबालिकालाई घुमाउन लैजाने, गाडीको पास मिलाईदिने भन्दै अपराधिक जालमा पार्ने कु-चेष्टा पनि गरेकाछन्। गाउँमा गोठाला, बालिनालिको हेरचाह, घाँस स्याउला,दाउराको खोजिमा बालिकाहरुलाई काममा लगाउँदा। उनिहरुलाई एक्लो र एकान्त भएको मौका पारी बालिकामाथी यौन शोषणका घटनाहरु धेरै घटेकाछ्न्। केहि बालिक  बलत्किरित पनि हुनपुग्यका छन। त्यसतै कतिपय घरपरिवारका सदस्यहरु बेरोजगार भएर घरमा बस्दा। केहि अन्तरमत भेदले घरमा झैझगडा हुँदा, मद्यपान, लागुपदार्थको सेवनले महिला तथा बालबालिकालाई कुटपिट गर्दा बालबालिकाले महिला हिंसाका साथ साथै बाल हिँसा पनि असाध्यै खेप्नुपरेको छ। चाडपर्वमा नयाँ  लाउने, मिठो खाने, नयाँ ठाउँ घम्ने रहर बाट बालबालिका बञ्चित हुँदा धेरै नै दुखी भएका छन। गाउँका स्वास्थकर्मिमा कोरोना त्रासले केहि शिशु तथा बालबच्चाले निमोनिया, ज्वरो, रुघाखोकी आदि रोगको उपचार पाउन पनि मुस्किल परेको छ। स्वास्थ्य उपचारको सुनिश्चितता छैन यस्ता अनेकौं पिडाहरु झेलेर बालबालिकाहरुले कोभिड19 को सामान गरिरहेका छ्न। त्यस्तै बाढीपहिरोको पनि सामाना गरेका छन्। अभिभावक र घर संगै कतिले ज्यानपनि गुमाएका छन। लिंग, अपांगता, भुगोलताको हिसाबले बिपत्तिमा जे जति  पिडा झेलिरहेका छन्। त्यो उनीहरुको लागि दैनिकी र बाध्यतामय प्रस्थिति बन्यो। उनिहरुले आफ्नो अधिकारको हनन भयो भनेर सोचेन्न। यस्ता घटनाले बिपत्ति भनेकै आफ्नो अधिकारहरु गुम्नु र कर्तव्य बिर्सनु हो कि भनेर बालबालिकालाई भान हुनपुगेको छ। बालबालिकाहरुले लकडाउन सहित  कोरोना महामारीको सामाना गर्दै जाँदा भोग्नुपरेका घटनाको समिक्षाले घर भन्दा बिद्यालयमा बिताएको समय सुरक्षीत र शान्त थिय। अब बिद्यालय र पठनपाठन संचालन भए राम्रो हुनेथियो भन्ने सोचको जागरण अभिभावक, बालबालिका र शिक्षक सबैमा आ-आफ्नो स्वार्थको रूपमा देखापरेको छ।               

 बालबालिकाहरुले कोरोना भाइरसको संक्रमण र त्रास संगै  सामाजिक दुर्ववहारको सामानाबाट धेरै कष्टहरु झेल्नुपरेको छ। कुनैपनि बाल अधिकारकर्मी, कुनै पनि बालाधिकारको क्षेत्रमा काम गर्ने संघसंस्था,सरकारी निकाए, बिद्यालय, शिक्षक आदि सम्बन्धित निकाएले लकडाउनमा बालबालिकाहरु के गर्दैछन्? कस्तो अवस्थामा छन? कोरोना संक्रमित बालबालिकाको उपचार कस्तो छ? भनेर बुझन खोजेका छैनन्। यो महामारीको समयमा बालबालिकाहरुको इच्छा तथा चाहानाको सम्बोधनमा घरपरिवारका सदस्य तथा अभिभावकहरु बढी जिम्मेवार हुनुपर्छ। कोभिड 19 बाट सुरक्षित राख्न, रोग, भोग र शोकको संकटबाट  बचाउन, पठनपाठनलाई निरन्तरता दिन, अत्यधिक खुशी र मनोरञ्जन दिन, बालाबालिका सँग निरन्तर संवाद गरि सकारात्मक सोचको जागरण गर्न जिम्मेवार क्षेत्रका सबैको ध्यानकेन्द्रित हुनुपर्छ। अहिले कोरोना भाइरस सम्बन्धि त्रास दिएर भन्दा पनि सुरक्षित रहने उपाय र रोगबाट बच्न चाल्नुपर्ने कदम प्रति बालबालिकालाई सचेत गराउनुपर्ने हुन्छ। बालबालिकाहरु माथी कुनै प्रकारको शोषण,अपराध र अत्याचार भएमा न्यायको निम्ति कानुनी प्रक्रिया अपनाई सजाय दिलाउन लाग्नुपर्छ। कोरोना संक्रमित बालबालिकाको राज्यले विशेष प्रथामिकताका साथ निरन्तर निशुल्क उपचार सेवा दिनुपर्छ। बालबालिका तथा सम्पुर्ण व्यक्तिहरुले आफ्नो अधिकार र कर्तव्यको मनन गर्दै सजगताका साथ कोभिड 19 बिरुद्ध लडनुपर्छ। हाम्रा बालबालिकाहरुलाई कोरोनाबाट सुरक्षित राख्न, कोरोना संक्रमित बालाबालिकाको सहजै उपचार दिएर जीवन बचाउन, सामाजिक दुर्ववहार, हिँसा र शोषणको सिकारबाट जोगाउन, मानसिक तनावलाई न्यून गर्न, बाल अधिकारको सुनिश्चितता गर्न हामी सबै लागियौँ भने मात्रै “बिपदमा बाल अधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिबद्धता” नारा  सहित यस बिपत्तिको समयमा मनाउन लागिएको २०७७ साल भदौ २९ गतेको राष्ट्रिय बालदिवसको मुल नाराले पनि सार्थकता पाउँनेछ।
लेखकको विवरण:नाम: दिपेन्द्र कुमार बि.सि

प्रतिक्रिया दिनुहोस