नारायणगढ–मुग्लिन सडक अवरुद्ध


नारायणगढ –मुग्लिन सडकखण्डको चोर खोलामा आज दिउँसो पहिरो जांँदा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पहिरो पन्छाउने काम शुरु भइसकेको छ । पहिरो पन्छाएर बाटो खुल्न केही समय लाग्ने थापाले बताउनुभयो । पहिरो खसेको ठाउंँ इच्छाकामना गाउंँपालिका –६ अन्तर्गत पर्छ । RSS

प्रतिक्रिया दिनुहोस