गैँडाको आक्रमणबाट घाइते


नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा गैँडाको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । गैँडाको आक्रमणबाट जिल्लाको मध्यविन्दु नगरपालिका–३, ब्रम्हस्थानका ५२ वर्षीय देवीराम महतो घाइते हुनुभएको हो ।

आइतबार दिउँसो घर पछाडि सिसौबारीमा घाँस काट्ने क्रममा महतोलाई गैँडाले आक्रमण गरेको मध्यविन्दु–३ का वडाध्यक्ष अमरबहादुर महतोले जानकारी दिनुभयो । गैँडाको आक्रमणबाट महतोको बायाँ खुट्टा र दाँहिने हातमा चोट लागेको छ । गैँडाको आक्रमणबाट घाइते महतोलाई मध्यविन्दु जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले महतोको चितवनको भरतपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । महतोको अवस्था मध्यम खालको रहेको खाँणको भनाइ छ । –––

प्रतिक्रिया दिनुहोस