मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध


शनिबार रातिदेखि परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्डको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको छ । सडक खण्डको कुश्मा नगरपालिका–८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका–४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका–१ अन्तर्गत पर्ने सहस्रधारामा अवरुद्ध भएको हो ।

आइतबार पनि पहिरोले अवरुद्ध सडक साँझ मात्रै एकतर्फी रुपमा सञ्चालन भएको थियो । आज सहस्रधारामा सडकमाथिबाट भेलसहितको पहिरो आएपछि सडकको ५० मिटरभन्दा बढी भाग पुरेको छ । यातायात अवरुद्ध भएपछि आज बिहानैदेखि सवारी र यात्रु सडकमा नै अलपत्र परेका छन् । पहिरो खसिरहेका कारण सर्वसाधारण हिँडेरसमेत वारपार गर्न पाएका छैनन् । सडक सञ्चालनका लागि निर्माणाधीन मध्यपहाडी लोकमार्ग आयोजनामा रहेका उपकरण प्रयोग गर्ने तयारी गरे पनि पहिरो खसिरहेकाले तत्काल काम शुरु गर्न नसकिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले बताउनुभयो । चुवा, दोविल्लालगायतका स्थानमा भने सडक खुलाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । कोरोना महामारीका कारण अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएका कारण सडकमा सवारीको चाप नभए पनि खाद्यान्न ढुवानीसँगै बिरामी र एम्बुलेन्सलाई समस्या भएको छ । –––

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई