झापा -३ लाइ किन धोका कमरेड ?
-प्रेनित पोख्रेल

स्थानिय निर्वाचन सम्पन्न भइसकेको थियो । कांग्रेस भद्रपूर नगरपालिकामा नराम्ररी चिप्ली सकेको थियो । आफू अनुकुल चुनावी क्षेत्र बनाएका कृष्ण सिटॏला भद्रपुर नगरपालिकामा भएको काँग्रेसको हार ९विशेष गरी आफ्नै स्वकीय सचिवबाट अतालिएका थिए । भद्रपुर नगरपालिका झापा ३ नम्बर संसदिय चुनावी क्षेत्रको लागी यस अर्थमा पनि महत्व थियो कि मतदाता अन्य तिरका भन्दा धेरै थिए र सचेत थिए । साविक चन्द्रगढी गा.वि.स. फोरेर एकाध वार्ड भद्रपुर नगरपालिकामा मिसिएकोले पनि मतदाता सङ्ख्या धेरै हुन पुगेको हो । हल्दीबारी, गोलहा गा.वि.स.मा राजेन्द्र लिग्देलले आफ्नो प्रभाव छोड्न सफल भएका थिए । तत्कालिन नेकपा (एमाले) र नेकपा (माके) छुट्टै निर्वाचनम सरिक हुँदा पनि स्थानिय निकायको मत झापा ३ मा नेकपा (एमाले) को पक्षमा थियो । यसले तत्कालिन एमालेको कार्यकर्तामा जोस जाँगर र दृढ अठोट थपेको थियो ।
हालको झापा-३ ले पुरानो झापा- १ (२०४८ ताकाको ) का वस्ती र ठाँउ समेटको हुनाले यहाँ काँग्रेस एमाले विच प्रतिष्ठाको लडाँइ थियो । २०४८ सालमा द्रोण प्रसाद आचार्यसँग पराजित कृष्ण सिटॏलाले आचार्यको असामयिक निधन पश्चात भएको निर्वाचनमा एमालेका लीला उदासीलाइ हराएका थिए । २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा भद्रपुर नगरपालिकाका मेयर पद छाडी संसदिय निर्वाचनमा होमिएका पुष्पराज पोखरेलले कृष्ण सिटॏलालाइ हराएका थिए । २०५६ सालमा माले एमालेमा पार्टी विभाजन भएको फाइदा उठाँउदै फेरी कृष्ण सिटॏलाले त्यो जित सुरक्षित पारे । प्रथम संविधान सभा निर्वाचन २०६३-२०६४ मा देश भरिको लहर झापामा पनी देखियो (साविकको १ नम्वर लाइ ३ नम्वर बनाइयो )। वहालवाला गृहमन्त्री कृष्ण सिटॏला तत्कालिन माऒवादीका कमल राजवंशी सँग पराजित भए । दोस्रो संविधानसभामा राजेन्द्र लिग्देन गाँउ तिरको प्रभावले अलिकति वजन थपे पनी एमालेका कमजोर उमेद्वार भएका कारण फेरी सिटॏलाले बाजि मारे । यस अर्थमा गएको संसदिय निर्वाचनमा एमालेका कार्यकर्ताहरूलाइ प्रतिष्ठाको विषय थियो । स्थानिय निर्वाचनको मत र माऒवादी केन्द्रसँग देश भरी नै भएको एकताले विजयको खुड्किलो देखाइसकेको थियो । यहि कारण हो कृष्ण सिटॏला सुरूवातमा समानुपातिकमा वस्न चाहेको ।
पुर्वी नेपालको सम्म फाँट झापा जिल्ला २०२८ सालमा देखि नै नक्सलबारी आन्दोलनको प्रभाव परेको जिल्ला थियो । कम्युनिष्ट उत्पादन गर्ने उर्वर भुमी । राजनितिक रूपले सचेत जिल्ला झापा । देशका ठुला ठुला नेता जन्माएको जिल्ला झापा । कृषिमा मनग्ये पहुँच भएको र चियाका बगानले हरियाली अझ सुन्दरता थपेको जिल्ला झापा । माइ खोलाले सिंचाइ, पर्यटन अनी भॏगोलिकता लाइ मात्र होइन राजनैतिक रूपमा पनि फरक योगदान गरेको झापा । आज पनी माइ वारी र पारीको मानसिकता झापाली केही नेतामा देखिन्छ । झापा जिल्लाको पहिलो नगरपालिका भद्रपुर, काठमाण्डॏ, विराटनगर कै हाराहारी समयमा वनेको भद्रपुर नगरपालिका आज विरासतको खोजिमा ऐठन छ । भद्रपुर नगरपालिका हुँदा विर्तामोड, दमक गा।वि।स।थिइ । एयरपोर्ट, अञ्चल अस्पताल, सरकारी कार्यालयहरू,रंगशाला सबैले सम्पन्न छ झापा जिल्लाको सदरमुकाम । तर काठमाण्डॏ र विराटनगरको कुरा छाड्नुस विर्तामोड र दमकले फड्को मार्दा हाम्रो भद्रपुर चुपचाप छ । यति सन्नाटा मानॏ भद्रपुर आफैलाइ भद्रपुर भएकोमा लज्जित छ । अरू भन्दा पछाडी परेकोमा हिनताबोध छ ,लघुभाषक छ । वंगलादेशको सिमाना काँकडभित्ता भन्दा नजिक हुँदा हुँदै पनी फोहोरी राजनितिको सिकारमा भद्रपुर फस्यो । मेचि पुल काँकडभित्तामा नवनेर त्यो वेला भद्रपुरमा नबनेको पिडामा आज पनी भद्रपुर विरलव गरिरहेको छ । विरोध स्वरूप भद्रपुर शान्त छ, कहिले काँही भद्रपुरको शान्ती आँधी आउनु अघिको अस्वभाविक शान्ती हो की झैँ लाग्छ तर समयक्रममा शाशकहरूबाट ठगिएको भद्रपुरमा अब त्यो जोश नै के बाँकी होला र फेरी जुरमुराएर उठोस, गगनभेदी नारा सहित आफ्नो अधिकार खोसोस । विगत देखी नै देखाइएको भद्रपुर रंगेलीको हुलाकी बाटो नवन्दा भद्रपुर अझ निरास छ । माइ खोला भन्दा मेची खोलामा भर पर्ने भद्रपुर लाइ माइ खोलाले मात्र होइन माइ बारिका नेताहरूले समेत सँधै विद्रोहीको रूपमा हेरे । सिपी मैनालीको नॏलो जनवाद होस या पार्टी भित्रका अन्तरसंघर्ष हुन भद्रपुर नेतृत्वको अगाडी कहिल्यै झुकेन, अपमान सही रह्यो तर स्वाभिमा गुमाएन ।
संसदिय निर्वाचन नजिक आँउदै गर्दा उम्मेदवारीको चर्चा परिचर्चाले झापा अछुतो थिएन । झापा – ३ मा वस्तु स्थिती बुझेर नै होला माऒवादी केन्द्रले दावी पनि प्रस्तुत गरेन । सर्वसम्मत जिल्ला तथा प्रदेश कमिटीले पार्टी जिल्ला कमिटि सदस्य तथा पूर्व सांसदको नाम सिफारिस गरी अन्तिम टुङ्गो लगाउन केन्द्रमा पठाएको थियो । केन्द्रबाट अन्तिम नामावली नआइकन ढुक्क हुने स्थिती थिएन तर पनि केन्द्रले जिल्ला र प्रदेशको मनोभावना सदर गर्छ भन्नेमा दुइमत थिएन । कार्यकर्ता निर्वाचन परिचालनमा आफ्नो भुमिका बनाउन व्यस्त थिए । जनता आफ्ना माग र योजनाका लागि उमेद्वारसँग वचन लिन लागिसकेका थिए । राजनितिमा “रात रहे अग्राख पलाउछ” भन्ने उक्तिसंग हामी सबै वकिफ थियॏ । झापाको राजनिती माइ वारी र माइ पारीको बेग्लै खाले समिकरणले किन पनी महत्व राख्छ भने माइ वारी र पारीका नेताहरूमा फरक दल भए पछी झन विशेष खाले आत्मीयता देख्न सकिन्छ । इतिहाँस साक्षि छ नारायण सिंह राजवंशी जस्ता त्यागी नेता हारेर चक्र वास्तोलाहरू जित्नु कैयॏ नजिर छन । समानुपातिक एक नम्बरमा नाम परेका कृष्ण सिटॏलाको प्रत्यक्षमा उठ्छु भनेर अभिव्यक्ती आउनु एउटा शशंकित हुने बाटो थियो । नेकपाबाट भद्रपुरकै रैथाने नेता उठ्ने निश्चित हुँदा सिटॏलाले चुनाव उठ्छु भन्नु मुर्खता थियो । स्थानिय निर्वाचन र विगतको नजिर त्यसको खिलाफ थियो । स्थानिय उम्मेद्वारको पक्षमा स्थानियले पार्टी भन्दा व्यक्तिगत सम्बन्ध हेर्छन भन्ने हेक्का सिटॏला जस्ता चतुर नेतालाइ नहुने कुरै भएन । नेकपाको केन्द्रिय नेतृत्वसँग राम्रो हिचमिच भएका सिटॏलाको प्रचण्ड र अध्यक्ष ऒलीसँग व्यक्तिगत सम्बन्धको बारेमा राम्रो ज्ञान हुँदा हुँदै पनि उक्त फेरिएको अभिव्यक्ती बुझ्न नसक्नु हाम्रो मुख्य कमजोरी थियो । स्थानिय निर्वाचनमा दमक क्षेत्र वरपरको राप्रपाको प्रभाव राम्ररी देखेपछी यही मत देखाएर अध्यक्ष ऒलिलाइ भ्रममा राख्न सफल भए केही माइ पारिका पुर्व एमाले नेताहरू । दमक वरपरको राप्रपाको मतले प्रदेश निर्वाचन लडेका केहि नेकपा छोटे नेताहरूलाइ पक्कै उपयोग गर्ने थियो। अन्तराष्ट्रिय सन्जाल लागेर तपाँइलाइ हराउने छन । राप्रपालाइ एक सिट छोडिकन बुध्दिमता हुन्छ भनेर बालकोटमा एकाध नेताहरूको राम्रो चहल पहल चल्यो । स्वयम राप्रपालाइ नेपाल भरीबाट जित्न सक्ने एक सिट झापा-३ रहेको समिक्षा आइसकेको थियो । संयुक्त सरकारमा के।पी।ऒलीसँग काम गरेका कमल थापा अध्यक्ष ऒली सामु पार्टीको पहिचान र अस्तित्व जोगाउन हात खुट्टा जोडेर पुग्न थाले । स्थानिय भद्रपुरको हेभिवेट नेकपा एमालेको उम्मेद्वार चुनाव नउठे आफुले राजेन्द्र लिग्देनलाइ सजिलै हराउने सिटॏला क्याम्पको आँकडा थियो । २०६२-२०६३ आन्दोलन दवाउन भद्रपुर बजारमै गोली हान्न आदेश दिने, २०४६ सालको आन्दोलनको बेला मेची क्याम्पसमा विधार्थी राम थापाको मण्डले झुण्डबाट गरिएको हत्याका एक आरोपितलाइ वामपन्थीले भोट हाल्दैनन भन्नेमा सिटॏला विश्वस्त थिए । राप्रपालाइ झापा ३ छोड्दा ताप्लेजुङ्गका योगेश भट्टराइ देखी झापाका केपी ऒलीसम्मलाइ राप्रपाको भोट आउने कुरामा लिग्देनले नेताहरूलाइ आश्वस्त पारेका थिए । देश भरी काँग्रेससँग चुनावी एकता गरेको राप्रपा मेची अञ्चलमा नेकपासँग तालमेल गर्न पुग्यो । पार्टी भित्र राम्रो पहुँच हुँदा हुँदै पनि चुनावी आँकलन बुझ्न नसकेका सिटॏला र विश्वप्रकाशहरू नराम्ररी चुके । झापा -३ मा नेकपाले उम्मेद्वार उठाए आफु हार्ने भयले सिटॏलाले राप्रपा नेतृत्वलाइ अनॏठो तालमेलको लागी विरोध गरेनन । मेची तालमेलको विरोध गर्दा झापा-३ आफुले छाड्नुपर्ने भयले पनि सिटॏला चुप बसे, जसको घाटा मेची अञ्चल भरिका काँग्रेसका उम्मेदवारले व्यहोर्नु पर्यो ।
जिल्ला र प्रदेश कमिटीबाट सर्वसम्मत नाम पठाएका उमेरद्धार केन्द्रमा यति ठुलो चलखेल हुँदा पनी अनविज्ञ थिए । उम्मेद्वार मनोनयनका दिन तयारीका साथ बसिरहेको विहान मात्र खबर गरीयो पार्टीले क्षेत्र राप्रपालाइ छाडिदिने निर्णय गर्यो । पार्टीका सिपाही ति नेता केही नभनी निर्वाचन परिचालनको कमाण्डर भए र उम्मेद्वार जिताए । नाम सिफारिस गरिएका उम्मेद्वारलाइ विश्वासमा नलिइकन गरिएको उस्तो फैसलाले झापा-३ का कार्यकर्ताको भावनामा ठुलो ठेस भने लागेको छ । सँधै ठगिएको र पछी पारिएको भद्रपुर शान्त छ मानॏ पिडा माथी पिडा सहेको उसलाइ यो सबै पहिलेबाट नै आभास थियो । तर बर्ष दिन पछी फेरी सोध्न मन लाग्छ झापा-३ लाइ किन धोका कमरेड ???