राष्ट्रपतिद्वारा राष्ट्रियसभामा रिक्त १ सदस्यमा वामदेव गौतम मनोनीत


काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त एक सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमले मनोनीत गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार पठाएको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। गौतमको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्ष हुनेछ।

यसअघि नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने भनेर निर्णय गरेको थियो । डा. युवराज खतिवडाको पदावधि सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस