नेपाल भारत सीमा नाका बन्द गरिने


कपिलवस्तुस्थित नेपाल भारत सीमा नाका बन्द हुने भएको छ । भारतमा हुने लोकसभा चुनावका कारण शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने भएको हो । भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखी दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नाका बन्द गर्न लागिएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिनुभयो । नाका बन्द हुँदा बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुवै देशका सुरक्षाकर्मीको समन्वय गरी आवतजावत गर्नेबाहेक अन्य ओसारपसार तथा आवतजावत बन्द गरिनेछ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीका अनुसार नाकामा हुने कुनै पनि अवैध गतिविधि हुन नदिन नेपाल भारतका सुरक्षा अवस्था कडा पारिने छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई