दिशा कोच्याउने महिला पक्राउ


सुर्खेत, २६ वैशाख: बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीय भवीसरा दङ्गालीलाई प्रहरीले अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरेको हो ।

वैशाख २४ गते करङ्गेगाउँकै ६० वर्षीय तेजबहादुर खत्रीलाई टपरीमा लुकाइछिपाइ ल्याएको दिसा मुखमा कोच्याएको सूचना प्रहरीमा प्राप्त भएपछि दङ्गालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रवक्ता क्षेत्रीका अनुसार दङ्गालीले सोही गाउँपालिका–७ बर्राचौरस्थित कल्याण काँधदेखि नयाँ वन जोड्ने कच्ची सडक खन्दै गरेको अवस्थामा दिसा मुखमा कोचेकी थिइन् ।

उनलाई तत्काल इलाका प्रहरी कार्यालय बाबियाचौरले नियन्त्रणमा लिएको थियो । दङ्गालीलाई मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद १० को दफा १६८ बमोजिम अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई