शैलजा आचार्य पत्रकारिता पुरस्कार दुई पत्रकारलाई


यहाँका दुई पत्रकारलाई शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृति गरिएको छ । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच हिजाे यहाँ भर्चुअचल कार्यक्रम गरी न्यूज २४ टेलिभजिनककी तारा आचार्य र कान्तिपुर दैनिक प्रदेश नं १ का प्रमुख माधव घिमिरेलाई जुममार्फत पुरस्कार वितरण गरेको हो ।

पुरस्कारको राशि जनही रु. १५ हजार रहेको छ । पुरस्कारको राशि अनलाइन बैंककिङ प्रणाली(आईपीएस) मार्फत पत्रकारको खातामा पठाइएको र सम्मानपत्र युनियनका पदाधिकारीले घरमै लगिदिने युनियनका मोरङ अध्यक्ष कुमार लुइँटेलले बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पुरस्कारलाई स्थायी र दिगो बनाउन अक्षयकोष स्थापना गर्न सहयोग गर्ने धारणा राख्नुभयो ।

प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रविधि प्रयोग गरेर पुरस्कार वितरण कार्यक्रम नयाँ प्रयास भएको बताउनुभयो । नेपाली काँग्रेस प्रदेश संसदीय दलका सचेतक सूयर्माराज राईले राजनीतिक क्षेत्रमा शैलजा आचार्य साहसको प्रतिमूर्ति भएको चर्चा गर्नुभयो । नेपाली काँग्रेसका जिल्ला सचिव मोदराज घिमिरे,पुरस्कृत पत्रकार घिमिरे, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुईँटेल, जिल्ला अध्यक्ष बन्धु पोखरेल, युनियनका पूर्वाञ्चल संयोजक लिलावल्लव घिमिरे, नेपाल प्रेस संगठन मोरङका अध्यक्ष सुदिप कोइरालालगायतले कोरोना महामारीको यस समयमा पत्रकारलाई परेको असहज समस्यामा सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

शैलजा स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि विराटनगरका पत्रकार शेखर रेग्मी, शंकर खरेल, शंकर लुइँटेल, सुशीला पाठक, रंञ्जीता पोखरेल, नरेन्द्र बस्नेत, मदनबाबु प्रसाईँलगायत पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस