हेलो सरकार पुन सक्रिय, समाजिक संजाल, टोल फ्रि नम्बरमा गुनासो गर्न सकिने


हेलो सरकारले नागरिकको गुनासो पुन सुन्ने भएको छ।

सरकारी सेवा प्रवाहका क्रममा भएको कमजोरीका गुनासो सुनेर समाधान गर्ने यस निकाय केहि समय देखि निष्क्रिय रहेको थियो ।

हेलो सरकारले यहि असोज ३ गतेदेखि बिहान सात बजेदेखि राति सात बजेसम्म नागरिकका गुनासा सुनेर समाधान गर्ने बताउको छ।


बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म टोल फ्रि नम्बर ११११ वा हेलो सरकारको आधिकारिक फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा मार्फत गुनासो गर्न सकिने हेलो सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस