शिक्षा प्रणाली बदल्नुपर्छ– पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


बागलुङ, २६ वैशाख: पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले देशको शिक्षा प्रणाली बदल्नुपर्ने बताउनुभएको छ ।

बागलुङ नगरपालिका–३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बुधबार उहाँले जीवनपयोगी शिक्षामा जोड दिनुभयो । वैज्ञानिक, व्यावहारिक र सीपयुक्त शिक्षा दिन नसके सक्षम जनशक्ति तयार नहुने उहाँको धारणा छ । “मुलुकलाई गतिलो शिक्षा प्रणाली चाहिन्छ”, उहाँले भन्नुभयो, “अप्रगतिशील र हिजोकै थोत्रो पाठ्यक्रमले आजको समस्या समाधान हुँदैन ।” पूर्वप्रधानन्यायाधीश श्रेष्ठले बदलिँदो परिवेशअनुसार शिक्षा प्रणालीलाई सुधार गर्दै लैजानुपर्ने उल्लेख गर्नुभयो । “हामीले विद्यार्थीलाई जिज्ञासु, अन्वेषण गर्न सक्ने, आलोचनात्मक दृष्टिकोण भएको र समस्या समाधान गर्न सक्ने बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “ज्ञान, सीप, प्रवृत्ति र मूल्य, मान्यतामा ध्यान दिनुपर्छ ।” नवीन सोच र चिन्तनविना पढाइको प्रमाणपत्रले मात्र कुनै योग्यता नराख्ने भन्दै उहाँले शिक्षालाई समाज, उत्पादन र जीवन पद्धतिसँग जोड्नुपर्ने उल्लेख गर्नुभयो । ज्ञानको पूर्णताको माध्यम शिक्षा भएको भन्दै सबैलाई शिक्षाको समान अवसर दिइनुपर्ने उहाँको भनाइ छ । “लगानीको सबभन्दा उपयुक्त क्षेत्र शिक्षा हो”, उहाँले भन्नुभयो, “शिक्षा समाजको वर्तमान र भविष्य हो ।” पूर्वप्रधानन्यायाधीश श्रेष्ठ विद्यामन्दिर माविको पूर्वविद्यार्थीसमेत हुनुहुन्छ ।

विसं २०७२ को भूकम्पले विद्यालय भवनमा क्षति पु¥याएपछि विसं २०७३ असारदेखि विद्यालयको पुनःनिर्माण शुरु गरिएको थियो । २६ कोठे नयाँ भवन विद्यालयका पूर्वविद्यार्थीलगायत दाताको सहयोगमा निर्माण भएको हो । रु चार करोड ३७ लाखको लागतमा भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताउनुभयो । भौतिकरूपमा विद्यालय सम्पन्न भएको भन्दै शैक्षिक गुणस्तर सुधारमा विद्यालय लागिपरेको विद्यालयका प्रधानध्यापक जगन्ननाथ आचार्यले बताउनुभयो । विसं १९९७ मा खुलेको विद्यालयमा अहिले एक हजार ३०० विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायको पढाइ हुन्छ ।

विद्यामन्दिरलाई नमूना विद्यालयको रूपमा विकास गर्ने विद्यालय व्यवस्थापनको योजना छ । नवनिर्मित भवनसँगै विद्यालयका भवन छ र कोठा सङ्ख्या ५२ पुगेका छन् । भवन निर्माणमा सहयोग गर्ने दातालाई विद्यालयले सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई