सिमेन्टमा भारतसँगको निर्भरता हट्दै


धनगढी, २६ वैशाख: स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ ।

यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीले बताएका छन् । नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसारको परिमाणमा सिमेन्ट उत्पादन गर्न थालेसँगै सिमेन्टका लागि भारतसँग रहेको निर्भरता पनि हटेको छ । दाङस्थित सोनापुर मिनरल एण्ड आयल प्रालिका सञ्चालक श्याम तायलले सिमेन्ट उत्पादनका क्षेत्रमा पछिल्लोपटक नेपालमा भएको उपलब्धिले भारतीय सिमेन्ट आयात रोकिएको बताउनुभयो । “नेपालमा सिमेन्टको निर्माण लागत भने भारतमा भन्दा बढी छ”, तायलले भन्नुभयो, “सरकारले कोइलाको आयात र बिजुली महसुलमा छुट दिन सके निर्माण लागत कम पर्ने भई उभोक्ताले हालको भन्दा सस्तोमा सिमेन्ट पाउन सक्छन् ।” उत्पादन गर्ने कम्पनीअनुसार सिमेन्टको गुणस्तर पनि फरक–फरक हुने गरेको बताइएको छ ।

नेपालमा हाल सञ्चालनमा रहेका ५० भन्दा बढी सिमेन्ट उद्योगले दैनिक झण्डै २० हजार टन सिमेन्ट उत्पादन गरिरहेको अनुमान गरिएको छ । नेपालका दाङ, भालुवाङ, भैरहवा, हेटौँडा, मिर्चैया, हिले, नवलपरासी, उदयपुरलगायतका क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । यस क्षेत्रमा नेपाली सिमेन्ट प्रतिबोराको बजार मूल्य हाल रु ७६० देखि ७८० सम्म छ । कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत ईश्वरीप्रसाद अर्यालले भन्सार नाका हुँदै विसं २०७४ सम्म भारतीय सिमेन्ट आयात भएकामा त्यसपछि आयात बन्द भएको जानकारी दिनुभयो । सिमेन्ट आयात गर्दा मूल्य अभिवृद्धि कर (भ्याट), भन्सार र अन्तःशुल्क लाग्ने गरेको छ । स्वदेशमा उत्पादिन सिमेन्ट सुदूरपश्चिम प्रदेशमा आयात नहुँदा २०७४ अघिसम्म यस क्षेत्रमा निर्माण गरिने भौतिक संरचनामा भारतबाट आयात हुने सिमेन्ट प्रयोग गर्ने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई