रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीले शरीरमा कडा खालको स्नायुविष ‘नोभिचोक’ प्रयोग भएको पश्चिमी प्रयोगशालाहरूले पुष्टि


रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीले आफ्नो शरीरमा सोभियतकालीन समयमा प्रयोग भएको कडा खालको स्नायुविष ‘नोभिचोक’ प्रयोग भएको पश्चिमी प्रयोगशालाहरूले पुष्टि गरेको सोमबार बताउनुभएको छ ।

शरीरमा ‘नोभेचोक’ स्नायु एजेंटको सङ्केत भेटिएको बताउँदै थप अनुसनधानका लागि आफ्नो लुगा फिर्ता गर्न रूसी सरकारसँग माग गर्नुभएको हो । बर्लिनको एक अस्पतालमा उपचारपछि स्वास्थ्य लाभ गरिरहेका नाभाल्नी गत अगस्ट २० मा साइबेरियाबाट मस्कोको उडानमा रहेका समय बिरामी परेपछि उहाँ चढेकोे विमानलाई बिचैमा अवतरण गराई अस्पताल भर्ना गरिएको थियो । उहाँलाई उपचार गर्न जर्मनी लग्नु पहिले दुई दिन रूसको अस्पतालमा उपचार गरिएको थियो । “फ्रान्स र स्विडेनमा दुई स्वतन्त्र प्रयोगशालाहरू र बुन्डेश्वेहर विशेष प्रयोगशालाले मेरो शरीरमा नोभेचोकको उपस्थिति पुष्टि गरेका छन्,” जर्मन सेनाको प्रयोगशालालाई संकेत गर्दै कोमाबाट सामान्य अवस्थामा फर्केकारूसी विपक्षी नेता नाभाल्नीले पहिलो पटक सार्वजनिक गरेको सूचनामा बताउनुभयो । उहाँले रसियाले अझै अनुसन्धान खोलेको छैन । रुसी सञ्चारमाध्यमहरूले प्रशारण गरेको समाचारहरूमा पश्चिमी खुफिया अधिकारीहरू वा नाभाल्नीको आफ्नै सहयोगीहरूले उक्त आक्रमण गरेको सुझाव दिएका समेत नाभाल्नीका समर्थकहरूले बताएका छन् । नाभाल्नी रूसी राष्ट्रपतिका कट्टर आलोचक मानिनुहुन्छ । “मैले अरू केहि पनि आशा गरेको छैन,” उहाँले लेख्नुभयो । रूसी अधिकारीहरूले अनुसन्धानको लागि आफ्नो लुगा फिर्ता गर्न नाभाल्नीले माग गर्नुभएको छ । लुगामा महत्वपूर्ण प्रमाणहरू हुनसक्छन् ।

प्रतिक्रिया दिनुहोस  
लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीको डुबेर मृत्यु   

त्रिपोली, मङ्सिर ५ (रासस-सिन्ह्वा) – आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले शनिबार पश्चिमी लिबियाको तटमा

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०२० को मार्चपछिकै सबैभन्दा कम

२९ कात्तिक (रासस÷सिन्हवा) ः भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै कम देखिएको छ

भियतनाममा चीनद्वारा निर्मित सहरी रेलवे सञ्चालनमा  

 हनोई, कार्तिक २२ भियतनामी राजधानी हनोईका अधिकारीहरूले शनिबार चीनद्वारा निर्मित क्याट लिन्ह-हा डोङ मेट्रो लाइन

ताइवान स्वतन्त्रता पृथकतावादीलाई कानूनअनुसार सजाय हुनेछः प्रवक्ता   

बेइजिङ, २० कात्तिक (राससःसिन्ह्वा) ः चिनियाँ सरकारका प्रवक्ताले शुक्रबार ताइवान स्वतन्त्रताका पक्षपातीलाई कडाचेतावनी दिनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई