बालुवाटारको जग्गा अतिक्रमण भट्टराई प्रधानमन्त्री भएदेखि नै शुरु भएको हो : मन्त्री अर्याल


सङ्घीय भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा अतिक्रमण कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएदेखि नै शुरु भएको बताउनुभएको छ । मन्थलीमा आज नवनिर्मित नापी कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री अर्यालले २०४८ सालदेखि अतिक्रमण शुरु भएको उक्त जग्गाको अहिलेको सरकारले अतिक्रमणमा संलग्न व्यक्तिको खोजी गरेर कारवाही गर्न खोज्दा उल्टै भूूमाफियालाई सरकारले नै जोगाउन थाल्यो भनेर गलत प्रचारबाजी गरिएको बताउनुभयो । नापी कार्यालयमा सेवा लिन आउने नागरिकलाई छिटो, छरितो र नागरिक मैत्री बनाउनु सरकारका लागि चुनौती रहे पनि सो चुनौतीलाई तोड्न आफ्नो मन्त्रालय र सिङ्गो सरकार नै लागेको बताउनुभयो । देशभरीका नापी कार्यालयमा अझै पनि बिचौलियाका कारण सेवाग्राहीको चाहनाअनुसारको काम हुन नसकेको मन्त्री अर्यालको भनाइ थियो । “अब छिट्टै आधुनिक प्रविधिबाट जनतालाई सेवा दिने गरी काम गर्न सरकार लागि परेको छ”, उहाँले भन्नुभयो । देशभरी नापी नक्सामा समस्या रहेकाले सबै ठाउँमा पुनः नापी गरी डिजिटल प्रणालीमा लैजान भूउपयोग नीति पास गर्ने तयारी भइरहेको मन्त्री अर्यालले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले भूमिको नाप नक्सा आधुनिक प्रणालीबाट हुन सके नागरिकले सुविधा पाउने बताउनुभयो । कर्मचारी अभावका कारण जिल्लाका अधिकांश कार्यालयबाट प्रभावकारी ढङ्गबाट काम गर्न कठिनाई भइरहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई